close

एनसेलको नयाँ अफर, प्रति मिनेट ८ पैसामै कुरा गर्न सकिने

टेकपाना टेकपाना

असार ३०, २०७७ २२:०

एनसेलको नयाँ अफर, प्रति मिनेट ८ पैसामै कुरा गर्न सकिने

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ भ्वाइस अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना प्रिपेड ग्राहकहरुका लागि आफ्नो नेटवर्कभित्र सुलभ दरमा कुराकानी गर्न सकिने गरी ‘इण्डलेस कुराकानी प्लस’ अफर ल्याएको हो ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई लक्षित गर्दै एनसेलले सार्वजनिक गरेको यो आकर्षक योजनाअन्तर्गत अब कम्पनीका ग्राहकले आवश्यकताअनुसार सात दिन, १५ दिन र ३० दिन अवधिका तीन वटा प्याकेज रोजेर लिन सक्नेछन् ।

७ दिन समयसीमा रहेको सात सय मिनेट अन नेट टक टाइमका लागि कर सहित मात्र केवल ९५.७७ रुपैयाँ मात्र शूल्क लाग्नेछ । यो प्याकमा प्रति दिन सात दिनसम्म १०० मिनेट टक टाइम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै १५ दिनको प्याकमा कर सहित मात्र १९१.५४ रुपैयाँमा १८ सय ७५ मिनेट अन नेट टक टाइम पाउन सकिनेछ । यसमा प्रत्येक दिन १२५ मिनेटको टक टाइम प्राप्त हुनेछ ।

भ्वाइस सेवाको अझ धेरै आवश्यकता हुने प्रयोगकर्ताका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ । यो प्याक अन्तर्गत कम्पनीका ग्राहकले कर सहित मात्र ३८१ं.७९ रुपैयाँमा ४,५०० सय मिनेट अन नेट टक टाइम प्राप्त गर्न सक्नेछन् ।

यसमा हरेक दिन १५० मिनेट टक टाइम ३० दिनसम्म प्राप्त हुने जनाइएको छ । यो प्याक सुचारु गर्ने प्रयोगकर्तालाई प्रति मिनेट कुराकानी गर्न आठ पैसा मात्र पर्नेछ ।

*१७११८*७# डायल गरी प्राप्त निर्देशनअनुसार यी प्याक सुचारु गर्न सकिनेछ । साथै एसएमएसबाट समेत इण्डलेस कुराकानी प्लस प्याक रोज्न सकिनेछ । त्यसका लागि उदाहरणको रुपमा सात दिनको प्याक लिन चाहेको हो भने १०० टाइप गरी १७११८ मा एसएमएस पठाउनुपर्ने हुन्छ । त्यस्तै १५ दिनको प्याक लिन १२५ र ३० दिनको प्याकको लागि १५० टाइप गरी सोही नम्बरमा एसएमएस पठाउनुपर्नेछ ।

एनसेलका प्रमुख व्यापारिक अधिकृत प्रदीप श्रीवास्तवले सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुरुप भ्वाइस अफर ल्याइएको बताए । आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै कम्पनीले आफ्ना फोरजी ग्राहकहरुको लागि आकर्षक ‘ननस्टप युट्युव प्लस’ अफर सञ्चालनमा ल्याइसकेको छ ।

‘वायरफ्री प्लस वाईफाई’ सेवाको बुकिङ सुरु गरी सकेको कम्पनीले ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३