close

टेलिकमको ल्याण्डलाइनबाट यसरी गर्नुहोस् कल ट्रान्सफर

टेकपाना टेकपाना

साउन ६, २०७७ १९:३५

टेलिकमको ल्याण्डलाइनबाट यसरी गर्नुहोस् कल ट्रान्सफर

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण हाल विश्वभर अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत संकुचित भएको छ । यसले व्यवसायलाई निरन्तरता दिने शैलीमा समेत परिवर्तन ल्याएको छ ।

यस्तोमा वर्क फ्रम होम अर्थात् घरबाटै कार्यालयको काम गर्ने शैली समेत विस्तार भएको छ । यस्तो अवस्थामा ग्राहक वा सेवाग्राहीले कार्यालय तथा पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठ्ने र सेवा लिन वा दिनबाट असहजता हुने गरेको छ ।

यस्तै असामान्य परिस्थितिमा सहजता हुने गरी नेपाल टेलिकमले विगतदेखि नै कल ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको छ । जसबाट नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरु अर्को मोबाइल नम्बर, सीडीएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ ।

सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा स्वतः ट्रान्सफर गर्न सकिन्छ । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरु नछुटाई अर्को फोनमा उठाउन सकिन्छ ।

कसरी लिने ?

यो सेवा टेलिकमका ग्राहकले कम्पनीको नजिकैको कार्यालयमा गएर निःशूल्करुपमा सुचारु गराउन सक्छन् । सेवा प्राप्त भएपश्चात ग्राहक स्वयंले चार अंकको लक कोड नम्बर प्रयोग गरी एउटा नम्बरमा आउने कल सोझै अर्को नम्बरमा ट्रान्सफर हुने व्यवस्था मिलाउन सकिन्छ ।

कल गरिएको नम्बर व्यस्त भएमा तत्काल अर्को नम्बरमा ट्रान्सफर हुने तथा नो आन्सरमा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा कल अर्को नम्बरमा ट्रान्सफर हुने गरी मिलाउन सकिन्छ ।
कल ट्रान्सफर वा अन्य प्रयोजनका लागि प्रयोग हुने यस्तो लक कोड ग्राहक आफैंले परिवर्तन समेत गर्न सकिन्छ ।

यी सुविधाहरु देशभरका नेपाल टेलिकमका सबै ल्याण्डलाइन नम्बरहरुमा उपलब्ध छ । यी सबै सुविधाहरु आवश्यकताअनुसार सक्रिय वा निश्कृय बनाउन सकिन्छ । त्यसका लागि आफ्नो एक्सचेञ्ज अनुरुप केही कीवर्ड डायल गर्नुपर्ने हुन्छ । जसको विवरण नजिकैको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइट लतअ।लभत।लउ बाट प्राप्त गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४