close

शुद्ध नेपाली लेखनमा समस्या छ ?, ‘हिज्जे’ ले मिलाइदिन्छ शुद्धाशुद्धि

टेकपाना टेकपाना

साउन ९, २०७७ १८:३५

शुद्ध नेपाली लेखनमा समस्या छ ?, ‘हिज्जे’ ले मिलाइदिन्छ शुद्धाशुद्धि

काठमाडौं । नेपाली भाषा सम्बन्धी नियमका कारण कतिपयलाई शुद्ध लेखनमा समस्या हुन सक्छ । ह्रस्व, दीर्घ तथा व्याकरण नियमका कारण नेपाली लेखन त्यति सजिलो छैन । यस्तै असहज अवस्थालाई समस्या गर्न ‘हिज्जे’ ले नयाँ प्रणालीको विकास गरेको छ ।

हिज्जेले निर्माण गरेको यो प्रणालीमा आफ्नो लेखमा भएको भाषिक गल्ती पत्ता लगाएर सच्याउन सकिन्छ । यो सुविधा प्रयोग गर्न सुरुमा हिज्जेको वेबसाइटमा गएर अकाउण्ट बनाउनु पर्ने हुन्छ । जुन निशुल्क बनाउन सकिन्छ । त्यहाँ लगइन गरेपछि ‘हिज्जे परीक्षण’, ‘फन्ट रूपान्तरण’ र ‘नेपाली शब्दकोश’ गरी तीन विकल्प देख्न सकिन्छ ।

जसमध्ये ‘नेपाली हिज्जे परीक्षण’ मा तपाईंले शुद्धाशुद्धि परिक्षण गर्न सक्नुहुनेछ । जब तपाईंले नेपाली हिज्जे परीक्षणमा क्लिक गर्नुहुनेछ त्यहाँ एउटा बक्स खुल्छ । उक्त बक्समा तपाईंको लेख राखेर त्यसमा भएका अशुद्धलाई शुद्ध बनाउन सक्नुहुनेछ । यदि तपाईंले लेखेको गलत छ भने हिज्जेले त्यहाँ रातो अन्डरलाईन गर्नेछ ।

त्यसमा क्लिक गरी त्यहाँ दिइएको उपयुक्त विकल्प छनोट गर्न सकिने छ । त्यस्तै फन्ट रूपान्तरण भन्ने अप्सनमार्फत तपाईंले युनिकोडबाट प्रीति, प्रितीबाट युनिकोडका साथै विभिन्न नेपाली फन्टबाट अर्को फन्टमा परिवर्तन गर्न सकिन्छ ।

त्यतिमात्रै नभएर हिज्जेमा ‘नेपाली शब्दकोश’ पनि उपलब्ध रहेको छ । जहाँ तपाईंले नेपाली शब्दहरूको अर्थ खोज्नु सक्नुहुनेछ । यसका साथै हिज्जेले युनिकोड कन्भर्टर, प्रिति कन्भर्टर लगायतका टुलहरू पनि उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार हाल यी सुविधा कम्प्युटर भर्सनमा मात्रै उपलब्ध रहेको छ । आगामी दिनमा यसको एप निर्माण गरी मोबाइलमा समेत उपलब्ध गराइने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०