close

अब कम्प्युटरमा समेत एन्ड्रोइड एप प्रयाेग गर्न सकिने

टेकपाना टेकपाना

साउन २५, २०७७ १४:५४

अब कम्प्युटरमा समेत एन्ड्रोइड एप प्रयाेग गर्न सकिने

काठमाडौं । अब विण्डाेज टेनका प्रयोगकर्ताहरुले विण्डोज एप्लिकेसनसँगै एन्ड्रोइड एप पनि चलाउन पाउने भएका छन् । माइक्रोसफ्टको मिररिङ फिचरअन्तर्गत ‘योर फोन एप’मा भएको अपडेटबाट यो नयाँ सुविधा आएको हो ।

जसमा विण्डोज टेन का प्रयोगकर्ताहरुले एन्ड्रोइडका जुनसुकै एप प्रयोग गर्नसक्ने छन् । विण्डोज डिभाइसमा एन्ड्रोइड एपहरु डाउनलोड गर्न सबैभन्दा पहिले प्रयोगकर्ताले माइक्रोसफ्टको ‘योर फोन एप’ डाउनलोड गर्नुपर्छ ।

त्यसपछि सो एपमा भएका सम्पूर्ण एन्ड्रोइड एपहरु प्रयोगकर्ताले डाउनलोड तथा प्रयोग गर्नसक्ने छन् । प्रयोगकर्ताले अल्ट प्लस ट्याब थिचेर यी नयाँ एन्ड्रोइड एप र विण्डोजका एपलाई एकैसाथ चलाउन सक्छन् ।

एन्ड्रोइड एपलाई विण्डोज १० टास्कबार र स्टार्ट मेनुमा पनि पिन गर्न सकिन्छ । तपाईंले यी एपलाई सिधै योर फोन एपबाट डाउनलोड गर्नसक्नुहुन्छ ।

तपाईले योर फोनको मिरर एक्सपिरियन्समा गएर एपहरुलाई खोज्नुपर्दैन । आफूलाई मन परेको एन्ड्रोइड एपलाई पिन गरेर सामान्य विण्डोज एप जसरी त्यसलाई प्रयोग गर्न सकिन्छ ।

यो नयाँ फिचरको सबैभन्दा आकर्षक कुरा भनेको विण्डाेज टेन डिभाइसमा प्रयोगकर्ताले एकैपटक धेरैवटा एन्ड्रोइड एपहरु प्रयोग गर्नसक्छन् । केही समयअघि सामसङ र माइक्रोसफ्टबीच सामसङ ग्यालेक्सी नोट २० मा भएका सम्पूर्ण एपहरु विण्डोज टेनले प्रयोग गर्नसक्ने सम्झौता भएको थियो ।

यद्यपि विण्डोज १० का प्रयोगकर्ताहरुले यो वर्षभन्दा अगाडि ग्यालेक्सी नोट २० को एपमा एक्सेस पाउने छैनन् । हाल माइक्रोसफ्ट र सामसङ विण्डोजको अन्य डिभाइसहरुमा समेत त्यस्ता एपहरु ल्याउनका लागि काम गरिरहेका छन् ।

तर एन्ड्रोइडका सबै एपले यो न्यु योर फोन फिचरमा मज्जाले काम नगर्ने माइक्रोसफ्टले जानकारी दिएकाे छ । केही एप र गेमले माउस र किबोर्डलाई प्रतिक्रिया दिन नसक्ने जस्ता समस्या देखिने बताइएको छ । 

यदि तपाईं योर फोन एप फिचर प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंसँग एउटा सामसङ डिभाइस हुन आवश्यक छ । उक्त फिचरलाई सपोर्ट गर्ने डिभाइसहरुको सूची माइक्रोसफ्टले सार्वजनिक गरिसकेकाे छ । साथै तपाईसँग विण्डोज इन्साइडर टेस्टिङ पनि हुन आवश्यक छ ।

एजेन्सीको सहयोगमा ।

विण्डोज टेनमा एण्ड्रोइड एप प्रयोग गर्ने टिप्सका लागि टेकपाना हेर्दै गर्नुहोला ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३