close

प्रभुले सुरु गर्‍यो इन्टरनेट सेवा, सस्तो मूल्यमा गुणस्तरीय सेवा दिने

टेकपाना टेकपाना

साउन २६, २०७७ १३:५०

प्रभुले सुरु गर्‍यो इन्टरनेट सेवा, सस्तो मूल्यमा गुणस्तरीय सेवा दिने

काठमाडौं । प्रभु ग्रुपअन्तर्गतकाे प्रभु डिजिटलले इन्टरनेट सेवा सुरु गरेको छ । टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको कम्पनीले अब टेलिभिजनसँगै इन्टरनेट सेवा पनि प्रदान गर्ने भएको हो ।

त्यसका लागि कम्पनीले काठमाडौं, पोखरा लगायतका स्थानमा इन्टरनेट सेवा प्रदान गर्दै आएको बाराही इन्टरनेट टेक्नोलोजीलाई खरिद गरेको छ । केही समयअघि उक्त कम्पनीलाई खरिद गरी प्रभु टेक्नोलोजीको रुपमा इन्टरनेट सेवा विस्तारको कार्य सुरु गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रविन सुवेदीले बताए ।

टेकपानासँग कुरा गर्दै सुवेदीले भने, ‘हामीले इन्टरनेट प्लस टेलिभिजन सेवा सुरु गरेको छौं । तर यसकाे विस्तारको काम भने दशैअघिबाट मात्रै हुनेछ । कोरोनाका कारण हाल इन्टरनेट विस्तारको लागि आवश्यक पर्ने पूर्वाधार सामान भित्रिएकाे छैन । उक्त सामान भित्रिएसँगै द्रुतरुपमा इन्टरनेट विस्तारको कामलाई अघि बढाउने छौं ।’

इन्टरनेट सेवाकाे सुरुवात काठमाडौं, पोखरा र विराटनगरबाट हुनेछ । पहिलो चरणमा यी स्थानबाट इन्टरनेट विस्तारको कामलाई अघि बढाएर विस्तारै अन्य जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको सुवेदीले बताए ।

उनका अनुसार प्रभुले दिने इन्टरनेट प्रविधिका हिसाबले उत्कृष्ट हुनेछ । साथै, ग्राहकले सस्तो मूल्यमा गुणस्तरीय सेवा पाउने बताइएकाे छ । प्रभुले यसअघि नै इन्टरनेटमा आधारित टेलिभिजन सेवाको सुरुवात गरेको छ, जुन ४० भन्दा बढी इन्टरनेट सेवा प्रदायकले प्रयोग गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३