close

कम्प्युटर र मोबाइलमा आउने भाइरस र माल्वेयरबाट कसरी जोगिने ?

टेकपाना टेकपाना

साउन २६, २०७७ २१:३०

कम्प्युटर र मोबाइलमा आउने भाइरस र माल्वेयरबाट कसरी जोगिने ?

काठमाडौं । कम्प्युटरजन्य डिभाइसहरुको ब्यापक प्रयोगसँगै दिनप्रतिदिन हजारौं भाइरस र माल्वेयरहरुको समेत जन्म भइरहेको छ । अनलाइनमा आधारित सेवा र कारोबार बढिरहेको छ ।

क्षणभरमै प्रयोगकर्ताका गोप्य विवरणहरु ह्याकरहरुको कब्जामा पर्ने गरेका छन् । अबका साइबर आक्रमणकारीहरु विवरण मात्र नभएर रकम चोर्न उद्यत छन् । यस्तो बेला हरेक प्रयोगकर्ता चनाखो हुन जरुरी छ ।

कम्प्युटर तथा मोबाइल असुरक्षित हुनु भनेको भाइरसहरुका लागि ढोका खुल्ला हुनु जस्तै हो । यस्ता भाइरसहरुले कम्प्युटरमा भएका फाइल र प्रोग्रामहरुलाई बिगार्ने र गलत निर्देशन दिने गर्दछन् भने खास प्रकारका कामहरु हुँन दिँदैनन् ।

वेबमा सामान्य काम गर्दा पनि तपाईंलाई भाइरसले पछ्याइरहेको हुनसक्छ । हामीले भाइरसबाट सुरक्षित रहन सुरक्षाका सरल तर महत्वपूर्ण विधिहरु अपनाउन सक्छौं:

  • कम्प्युटरमा जहिले पनि राम्रो एण्टीभाइरस प्रोटेक्सन र फायरवाल राख्नुहोस् र त्यसलाई नियमित अपडेट गरिरहनुहोस् ।
  • फ्लपी, पेन ड्राइभ, सीडी प्रयोग गर्दा खोल्नुभन्दा पहिले स्क्यान गर्नुहोस् ।
  • इन्टरनेट प्रयोग गर्दा विज्ञापनको आधारमा जहाँ पायो त्यही ठाउँमा क्लिक नगर्नुहोस् ।
  • निःशुल्क खेल, टूलबार, मिडिया प्लेयर र अरु सिस्टम डाउनलोड नगर्नुहोस् । गर्नैपरे आधिकारिक साइटबाट मात्र डाउनलोड गर्नुहोस् ।
  • म्युजिक, फाइल, फोटो लगायतका सामग्री सहजै र निःशूल्क पाउने नाममा जुनसुकै साइट वा लिंक जाने बानी त्याग्नुहोस् ।
  • सकेसम्म सफ्टवेयर डाउनलोड नगर्नुहोस् । यदि डाउनलोड गर्दै हुनुहुन्छ भने विश्वस्त साइटबाट लाइसेन्स एग्रिमेन्ट पढेरमात्रै गर्नुहोस् । डाउनलोडपछि पहिले स्क्यान गरेर मात्र प्रोग्राम रन गर्नुहोस् ।
  • स्क्रीनसेभर एनिमेटेड वालपेपर जस्ता सफ्टवेयर डाउनलोड गर्दा विशेष सावधानी अपनाउनुहोस् । किन कि धेरैजसो भाइरस सर्ने भनेकै यस्तै सफ्टवेयरबाट हो ।
  • स्पाममा आएको ईमेल र नचिनेको व्यक्तिको ईमेलमा कुनै एट्याचमेन्ट छ भने डाउनलोड गर्दा विशेष सतर्कता अपनाउनुहोस् र शंकास्पद ईमेल छ भने तुरुन्तै डिलिट गर्नुहोस् ता कि झुक्किएर पनि क्लिक नहोस् ।
  • अपरेटिङ सिस्टम नियमित रुपमा अपडेट गर्नुहोस् ।
  • धेरैजसो भाइरस विन्डोजलाई लक्षित गरी बनाइएका हुन्छन् । यदि तपाईंलाई सहज लाग्छ भने लिनक्स अपरेटिङ सिस्टम चलाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३