close

उपायः सीटी कार्गोको एप सार्वजनिक, ईकमर्स र कृषिको लजिस्टिक सपोर्टको रुपमा काम गर्ने

टेकपाना टेकपाना

साउन २७, २०७७ १५:४४

उपायः सीटी कार्गोको एप सार्वजनिक, ईकमर्स र कृषिको लजिस्टिक सपोर्टको रुपमा काम गर्ने

काठमाडाैं । उपाय सर्भिस लिमिटेडले उपाय: सीटी कार्गो नामकाे नयाँ मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले ट्रयाकिङ र अटाेमेटेड भ्याट बिलकाे सुविधा सहित क्लाइण्ट एप ल्याएको हो ।

कम्पनीका प्रडक्ट एण्ड डेभलपमेन्ट प्रमुख करण बस्नेतका अनुसार चालकले पनि एपमा नै अटाेमेटिक ट्रिप नाेटिफिकेसन र आफ्नो आम्दानीको जानकारी पाउने हुँदा क्लाइन्ट र चालक दुवैले एपमार्फत नै सजिलै काम (ट्रिप) गर्न सक्नेछन् ।

हालसम्म १० हजार ट्रिप पुरा गरेकाे जानकारी दिँदै उनले ‘डिजिटल नेपाल’ को सपना पुरा गर्न उपाय: सीटी कार्गोले लजिस्टिककाे क्षेत्रमा आधारस्तम्भ तयार गरिरहेको उल्लेख गरे । आगामी आर्थिक वर्षमा याे कम्पनीले आफ्नो सेवा काठमाडाैं बाहिर समेत विस्तार गर्ने योजना बनाएको छ ।

नेपाली ईकमर्स र कृषि व्यवसायमा समेत ‘सप्लाइ- चेन’ लजिस्टिकको निकै समस्या रहेकाले उपाय: सीटी कार्गोलाई व्यवसायीहरुको विश्वासिलो लजिस्टिक साझेदार बनाउने याेजना कम्पनीकाे छ ।

एप डाउनलाेड गर्न एण्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३