close

सामसङ ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्राकाे प्रि-बूकिङ्ग खुला, यस्ताे छ मूल्य र फिचर

टेकपाना टेकपाना

साउन २८, २०७७ १०:११

सामसङ ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्राकाे प्रि-बूकिङ्ग खुला, यस्ताे छ मूल्य र फिचर

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्राको प्रि–बूकिङ खुल्ला गरेको छ । हालै विश्वबजारमा सार्वजनिक गरिएको कम्पनीको फ्ल्यागशिप सिरिजका स्मार्टफोनको बूकिङसँगै आकर्षक अफरहरु पनि समावेश गरिएको छ ।

ग्यालेक्सी नोट ट्वान्टी सिरिज मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्न सक्दछन् र यसमा प्रो–गेमहरु सहजै खेल्न सकिन्छ । यो फोन नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको हो । काम गर्न र गेम खेल्नको लागि यसले थप सहजता प्रदान गर्ने बताइएको छ ।

याे फाेन पावर र प्रोडक्टिभिटीको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको हो । यसमा अझै बढी गेम खेल्न एवं कार्यहरुको सम्पादन गर्न सकिने स्वतन्त्रता रहेकाे कम्पनीले जनाएकाे छ ।

‘नेपालमा हाम्रा नोट फोनका ग्राहकहरुले हरेक वर्ष आफ्नो मोबाइल फोन अपग्रेड गर्नुहुन्छ, किनकि नोट फोनको तुलनामा अरु फोनले त्यत्तिको कार्य गर्नै सक्दैन,’ सामसङ मोबाइल नेपालका बिजिनेश हेड प्रणयरत्न स्थापितले भने ।

पृथक कार्य गर्ने शैली

सामसङको पछिल्लो नोट सिरिजमा कार्य गर्ने शैली पृथक छ । यसको ‘एस पेन’ को सहयोग एवं सामसङ नोटहरुमा भएका विशेषताहरुले कुनै पनि समयमा जहाँबाट पनि कार्य गर्ने स्वतन्त्रता प्रदान गर्न मिल्छ ।

एडभान्स ‘एस पेन’ मा भएको पाँच नयाँ ‘एनिह्वेयर एक्सन’ले डिभाइसलाई टचलेस नेभिगेसन–जस्तै होम स्क्रिनमा जान वा स्क्रिनसट लिन झनै सहज बनाउँछ ।

सामसङ नोटका एपहरुको सहज एवं उपयोगी अनुभवः फोटो खिच्न, एडिट गर्न र आफ्ना आइडियालाई शेयर गर्न सहयोग गर्दछ ।

सामसङ नोट एपहरुमा अटोसेभ तथा सिंकिङ्ग क्षमताहरु पनि रहेका छन् । यसमा तपाईंले हातले लेखेको लेखाइलाई आकर्षक अक्षरहरुमा बदल्दछ ।

साथै पिडीएफमा भएका विषयवस्तलाई सहजै हाइलाइट गर्न पनि सकिन्छ । तपाईंले सामसङ नोट एपमा भएका टेक्स्टहरुलाई ‘पिपीटीएस’मा सहजै रुपान्तरण गर्न सक्नुहुन्छ ।

साथै नोटको रुपमा अडियोलाई राख्न पनि सकिन्छ । यसका सबै विषयवस्तुहरुलाई व्यवस्थित रुपमा फोल्डरहरुमा भण्डार गर्न पनि सकिन्छ र सहजै आवश्यकता भएको बेला पाउन सकिन्छ ।

कम्प्युटबाट पनि एक्सेस गर्न सकिने

माइक्रोसफ्टको ‘योर फोन’ विन्डोज इन्टिग्रेशनको साथ अब तपाईले आफ्नो फोनलाई विनारोकावट विन्डोज १० भएको कम्प्युटरबाट सहजै एक्सेस गर्न सक्नुहुन्छ ।

अझै सहज रुपमा विन्डोज १० युक्त कम्प्युटरबाटै म्यासेज पठाउन, नोटिफिकेशनहरुको म्यानेज गर्न फोटोहरु सिङ्क गर्न र फोन गर्न र आगमन फोनलाई उठाउन सकिन्छ ।

आफूलाई मनपरेको एपलाई कम्प्युटरको टास्कबार वा स्टार्ट मेन्युमा राख्न सकिन्छ, यसले गर्दा तपाइँले आफ्नो फोनमा आफूलाई मनपर्ने सोसियल नेटवर्किङ्ग एप वा ग्यालरी खोज्न पर्दैन ।

सामसङ डेक्सको साथ मल्टिटास्किङ सुविधा

सामसङ डेक्सको साथ पहिलोपटक ग्यालेक्सी नोछ ट्वान्टी सिरिजका फोनहरुलाई स्मार्ट टिभीमा सहजै कनेक्ट गर्न सकिन्छ । यसरी कनेक्ट गरेर ठूलो स्क्रीनमा आफूलाई मनपरेको विषयवस्तु हेर्न वा खेल्न सकिन्छ ।

साथै दुईवटा स्क्रीनलाई व्यवस्थित रुपमा सञ्चालन गरी एकैपटक स्मार्ट टिभीमा भिडियो हेर्न र सँगै साथीलाई म्यासेज पठाउन पनि सकिन्छ ।

शक्तिशाली गेमिङ

पुरै शक्तिशाली गेमिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले यस फोनको इन्जिनियरिङ्ग निर्माण गरेको छ । यससँगै तपाइँले प्रो–लाइक गेमहरु कहीँ पनि खेल्न सक्नुहुन्छ ।

मूल्य तथा प्रि–बूक अफरहरु

ग्यालेक्सी नोट ट्वान्टीको नेपाली बजारमा एक लाख नौ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने ग्यालेक्सी नोट ट्वान्टी अल्ट्राको बजार मूल्य एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी नोट ट्वान्टी तथा ग्यालेक्सी नोट ट्वान्टी अल्ट्रा फोन साउन २८ गतेदेखि भदौ १२ सम्म ग्राहकहरुले सामसङ ब्राण्डसप मार्फत तथा रिटेल स्टोरहरुबाट बूकिङ गर्न सक्नुहुने छ ।

यी फोन प्रि-अर्डर गर्दा सामसङले विभिन्न आकर्षक गिफ्ट र छुटसमेत प्रदान गर्ने जनाएको छ ।

अग्रिम अर्डर गर्ने ग्राहकहरुलाई एकपटकको टुटफुटमा एनएलजी इस्युरेन्सबाट एक वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३