close

स्मार्टफोनमै मिनी सिस्मोमिटर, भूकम्प जानुअघि नै दिनेछ पूर्व जानकारी

टेकपाना टेकपाना

साउन २८, २०७७ १२:५९

स्मार्टफोनमै मिनी सिस्मोमिटर, भूकम्प जानुअघि नै दिनेछ पूर्व जानकारी

काठमाडौं । भूकम्पको पूर्व जानकारी दिने फिचर सहितको सुविधा अब एन्ड्रोइडमा उपलब्ध हुने भएको छ । गूगलले हालै यसबार आफ्नो योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यो फिचर अबको केही समय पश्चात विश्वभरका एन्ड्रोइड फोन प्रयोगकर्ताले प्राप्त गर्नेछन् । उक्त फिचरले प्रयोगकर्तालाई भूकम्पबारे पूर्व जानकारी दिने उल्लेख गरिएको छ ।

यसको मद्दतले सुरक्षित स्थान खोज्नका लागि प्रयोगकर्तालाई सहज हुने अपेक्षा गूगलको रहेको छ । ‘क्यालिफोर्नियामा जडान गरिएको ग्राउण्ड नेटवर्क सिस्मोमिटर सबै स्थानमा जडान गर्न सम्भव छैन,’ गूगलले भनेको छ, ‘त्यसैले हामीले एन्ड्रोइड प्लेटर्फमलाई नै सदुपयोग गर्ने तयारी गरिरहेका छौं । यसको अर्थ एन्ड्रोइड फोन एउटा मिनी सिस्मोमिटर हुनेछ ।’

त्यसका लागि पहिलो चरणमा गूगलले युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे र क्यालिफोर्निया गभर्नर अफिस इमरजेन्सी सर्भिससँग सहकार्य गरी उक्त स्थानमा अर्थक्वेक अलार्ट सिस्टमा एन्ड्रोइडमा उपलब्ध गराउने छ । त्यसपछि यो सेवालाई विश्वव्यापी रुपमा नै अघि बढाइने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०