close

कनेक्ट आइपीएसबाट आन्तरिक राजस्व विभागमा यसरी गर्नुहोस् कर भुक्तानी

टेकपाना टेकपाना

साउन ३२, २०७७ १३:५२

कनेक्ट आइपीएसबाट आन्तरिक राजस्व विभागमा यसरी गर्नुहोस् कर भुक्तानी

काठमाडौं । आन्तरिक राजस्व विभागमा आफ्नो कर दाखिला गर्न चाहानेले कनेक्ट आइपीएसबाट रकम भुक्तानी गर्न सक्छन् । यसको लागि आन्तरिक राजस्व विभागमा कर भुक्तानी गर्ने यो विधि तपाईले प्रयोग गर्नु पर्नेछ ।

१. सबैभन्दा पनि नेपाल सरकारको आइआरडी डट जीओभी डट कम वेबसाइटमा गएर ट्याक्सपेयर पोर्टलमा जानुहोस् ।

२. ट्याकपेयरमा लगइन गरी त्यहाँ मागिएको आवश्यक विवरण भर्नुहोस् । 

३. त्यहाँ देखिने रातो अक्षरको ‘प्रोसिड टु पेमेन्ट’मा क्लिक गरी साविक बमोजिमको विवरण भरी ट्रान्जेक्सन कोड जेनेरेट गर्नुहोस् । 

४. भरिएको विवरणलाई ‘कन्फर्म’ बटन थिचेर रुजु गरी, ‘मेक पेमेन्ट’ बटन क्लिक गर्नुहोस् ।

५. कारोबार संकेत, भौचर नम्बर प्राप्त गरेपश्चात अनलाइन भुक्तानी कारोबार गर्न  कनेक्ट आइपीएसलाई भुक्तानी विकल्पको रुपमा छनौट गर्नुहोस् । त्यसपछि आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरी कनेक्ट आइपीएसमा लगइन गर्नुहोस् । 

६. त्यसभित्र पुगेपछि  कर भुक्तानी विवरणलाई रुजु गरी भुक्तानी गर्ने बैंक खाता छनौट गर्नुहाेस् र आफ्नो मोबाइल वा इमेलमा प्राप्त ओटीपीलाई सब्मिट गर्नुहाेस् ।

७. आन्तरिक राजस्वको वेबसाइटमा भुक्तानीको सूचना प्राप्त गरी भुक्तानी भएको सुनिश्चित गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०