close

अब डिशहोमका सबै ग्राहकले ‘डिशहोम गो’ निःशुल्क प्रयोग गर्न पाउने

टेकपाना टेकपाना

भदौ ३, २०७७ १२:५१

अब डिशहोमका सबै ग्राहकले ‘डिशहोम गो’ निःशुल्क प्रयोग गर्न पाउने

काठमाडौं । स्याटेलाइट टेलिभिजन प्रसारक डिशहोम मिडिया नेटवर्क लिले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने भएको हो ।

कम्पनीले यस अघि मासिक पाँच सय रुपैयाँभन्दा माथिको रिचार्ज गर्ने ग्राहकलाई आफ्नो एप ‘डिशहोम गो’ अर्थात ‘डीएचगो’ मा निःशुल्क टेलिभिजन हेर्न मिल्ने बनाएको थियो । अब भने यो सेवा कम्पनीका सम्पूर्ण ग्राहकलाई उपलब्ध हुने भएको हो ।

‘यसअघि यो सेवा हामीले प्रिमियम सेवा लिने ग्राहकलाई मात्र उपलब्ध गराउँदै आएका थियौं,’ कम्पनीका जनरल म्यानेजर रमेश सापकोटाले भने, ‘अब भने यो एप सबै प्रयोगकर्ताले निःशुल्क प्रयोग गर्न पाउने छन् । जुन अबको केही दिनमै उपलब्ध हुनेछ ।’

उक्त मोबाइल एपमा २० भन्दा बढी च्यानल रहेका छन् । कम्पनीले नेपालमा पहिलो पटक मोबाइलमा एचबीओका च्यानलहरु हेर्न सकिने समेत बनाएको थियो । एपमा एचबीओ, एचबीओ सिग्नेचर एचडी, एचबीओ फ्यामिली एचडी, एचबीओ हिट्स एचडी र सिनेम्याक्स समेत समावेश गरेको छ ।

यससँगै डिशहोम प्रयोगकर्ताले जहाँ र जुनसुकै समयमा मोबाइलमै नयाँ अंग्रेजी फिल्म सहजै हेर्न सक्ने छन् । डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी (ओभर दी टप) प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो ।

विशेष गरी डिशहोम प्रयोगकर्ताको सहजताका लागि यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि यहाँ क्लिक गरी तथा आईफोन प्रयोगकर्ताले यहाँ क्लिक गरी डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।

डिशहोमका ग्राहकबाहेक अन्य प्रयोगकर्ताले भने यो एप प्रयोग गर्न नपाउने कम्पनीले जनाएको छ । डिशहोम गो एप प्रयोग गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०