close

गूगल पिक्सेल फाइभको डिजाइन लिक, यस्तो हुनेछ फिचर

टेकपाना टेकपाना

भदौ ९, २०७७ १९:३६

गूगल पिक्सेल फाइभको डिजाइन लिक, यस्तो हुनेछ फिचर

काठमाडौं । गूगलले यो वर्षको अन्त्यतिर सार्वजनिक गर्ने तयारी गरेको नयाँ स्मार्टफोन पिक्सेल फाइभको डिजाइन लिक भएको छ । वानलिक नामक ट्वीटर ह्याण्डलमार्फत यसको डिजाइन लिक भएको हो । 

लिक भएको डिजाइन हेर्दा पिक्सेल फाइभको डिजाइनमा खासै परिवर्तन भने देखिएको छैन । स्मार्टफोनको पछिल्लो भागमा फिंगरप्रिन्ट सेन्सर छ भने वर्गाकार आकारमा दुई वटा क्यामेरा, एउटा फ्ल्यास र एउटा सेन्सर देखिन्छ । 

अगाडिको क्यामेरा चल्तीमा रहेका अन्य स्मार्टफोनमा जस्तै पञ्च होल डिजाइन राखिएको छ । पिक्सेल फाइभको डिजाइन लिक गर्ने ट्वीटर ह्याण्डल वानलिकले यसको स्क्रीन साइज ५.७ देखि ५.८ सम्मको हुने दाबी गरेको छ । 

तर पिक्सेल फाइभबारे भविष्यवाणी गरेका अन्य प्रविधि सम्बन्धी वेबसाइटले भने यसको साइज कम्तिमा पनि ६ इञ्चको हुने र यसमा ओलेड स्क्रीन रहने दाबी गरेका छन् । 

सामसङको एस ट्वान्टीको स्क्रीन साइज ६.२ ईन्चको रहने भएकाले पनि गूगलले पिक्सेल फाइभको स्क्रीन साइज ठूलो बनाउने दाबीहरु सार्वजनिक भएका छन् । 

पिक्सेल फाइभको फिचरबारे धेरै तथ्य सार्वजनिक नभए पनि एन्ड्रोइड हेडलाइन नामक प्रविधि सम्बन्धी वेबसाइटले यसमा ३०८० एमएएचको व्याट्री प्रयोग हुने दाबी गरेको छ । पिक्सेल फाइभबारे अन्य दाबीहरुलाई सत्य मान्ने हो भने यसमा स्न्यापड्र्यागन ७६५जी प्रोसेसर प्रयोग हुनेछ । 

यो फाइभजी प्रविधि सपोर्ट गर्ने प्रोसेसर हो । गूगलले यसअघि सार्वजनिक गरेको आफ्नो पिक्सेल फोर स्मार्टफोनमा स्न्यापड्र्यागन ८५५ प्रोसेसर प्रयोग गरेको थियो । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३