close

इन्टरनेट स्पीड सुधार्न टिकटकसँग सहकार्य गर्दै सुबिसु, १० दिनमै समस्या समाधान गर्ने बाचा

टेकपाना टेकपाना

भदौ १६, २०७७ ९:५२

इन्टरनेट स्पीड सुधार्न टिकटकसँग सहकार्य गर्दै सुबिसु, १० दिनमै समस्या समाधान गर्ने बाचा

काठमाडौं । मुलुककै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले चाँडै ईन्टरने स्पीडको समस्या समाधान हुने बताएको छ । कम्पनीले टिकटक र अकामाईसँग समन्वयको काम चलिरहेको भन्दै चाँडोभन्दा चाँडो समस्या समााधान गरी राम्रो गुणस्तर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । 

गत अगस्ट ३१ मा टिकटकले कन्टेन्ट डेलिभरी प्रोटोकल परिवर्तन गरेसँगै नेपालको इन्टरनेट सेवामा समस्या देखिन थालेको छ । पछिल्लो समय नेपालमा निकै लोकप्रिय एपको रुपमा प्रयोग हुन थालेको याे एपले सुरक्षाको कारण देखाउँदै एक्कासी प्रोटोकल परिवर्तन गर्दा त्यस अनुरुपको तयारी गर्न नपाएको सुबिसुको भनाइ छ । 

टिकटकले कन्टेन्ट डेलिभरीका लागि आफ्नो प्रोटोकल एचटीटीपीबाट एचटीटीपीएसमा स्थानान्तरण गरेसँगै त्यसले नेपालको समग्र इन्टरनेट स्पीडलाई बिगारेको छ । लोकल क्यास सर्भरले काम नगर्ने अवस्थामा टिकटकका लागि सम्पूर्णरुपमा अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत हुन गरेको छ ।

जसले नेपाल भित्रिने कूल अन्तर्राष्ट्रिय ब्याण्डविथमध्ये एक चौथाई ब्याण्डविथ टिकटकमा खर्च हुन थालेको छ ।

‘कुनै किसिमको पूर्वजानकारी नपाउँदा हामीले आन्तरिक क्षमता व्यवस्थापन गर्नेतर्फ प्रोएक्टिभ अवधारणामा उत्रिन पाएनौं,’ कम्पनीले भनेको छ ।  उत्पन्न समस्या समाधानका लागि टिकटक र अकामाईसँग लगातार रुपमा समन्वय चालू रहेको भन्दै सुबिसुले १० दिनभित्रै गुणस्तरमा सुधार आउने स्पष्ट पारेको छ । 

कम्पनीले अगाडि भनेको छ, ‘यस किसिमको संकटको समयमा हाम्रा ग्राहकले देखाएको सुझबुझ र दिएको साथको उच्च सम्मान गर्दछौं । यस किसिमको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०