close

टिकटक किन्ने ट्रम्पको जबरजस्तीमा चीनको लगाम

टेकपाना टेकपाना

भदौ १७, २०७७ १०:४८

टिकटक किन्ने ट्रम्पको जबरजस्तीमा चीनको लगाम

काठमाडौं । चीन सरकारले ल्याएको नयाँ कानूनले विदेशी कम्पनीसँग टिकटक बिक्री गर्नबाट रोक्ने देखिएको छ । टिकटक कम्पनीका स्वामित्वकर्ताले चिनियाँ कानून कडाईका साथ पालना गर्ने बताएका छन् । 

चिनियाँ कम्पनीले कस्ता प्रविधिहरु विदेशी मुलुकलाई बिक्री गर्न पाउँछन् भन्ने विषयलाई नयाँ कानुनले नियमन गर्नेछ । उक्त नयाँ कानूनले टिकटकलाई उसको अमेरिकी सञ्चालन अन्य विदेशी कम्पनीसँग बिक्री गर्नबाट रोक्ने सम्भावना छ । 

प्रतिबन्धित सेवा तथा सामग्रीको सूची बढ्दो क्रममा छ । टिकटकमा कसले भिडियो हेर्न सक्छ भन्नका लागि प्रयोग भएको प्रविधि पनि यसभित्रै पर्दछ । 

चीनले निर्यात प्रतिबन्धका लागि प्राविधिक वस्तुको क्याटालगको यो सूचीमा २३ वटा आइटमहरु राखेको छ । सन् २००८ मा पहिलोपटक संसोधन गरिएको उक्त कानूनलाई गएको २८ अगस्टमा चीनले पुनः संसोधन गरेको हो । 

यो कानूनले दुई वटा सर्वसाधारणमा हुने प्रयोग प्रविधिलाई पनि समेटेको छ जसले टिकटकलाई प्रत्यक्षरुपमा प्रभावित पारेको छ । पहिलो हो, आर्टिफिसियल इन्टेलिजेन्स युक्त इन्टरएक्टिभ इन्टरफेस अनि अर्को डेटा एनालिसिसबाट पावर पर्सनलाइज्ड रेकमन्डेसन र नोटिफिकेसन पठाउने प्रविधि हो । 

यससँग सम्बन्धित कुनै पनि प्रविधि बाइटड्यान्सले बिक्री गर्नु पर्‍यो भने अब चीन सरकारको अनुमति लिनुपर्नेछ । जसको लागि महिनौं लाग्न सक्छ । उता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रमले टिकटकको अमेरिकी सञ्चालन आफ्नो देशका कम्पनीलाई बिक्री गर्न अन्यथा प्रतिबन्ध लगाउने भन्दै अल्टिमेटम दिइसकेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०