साओमीको रेड्मी ईयरफोन नेपालमा, मुल्य ७४९ मात्र

xiaomi-redmi-earphone-in-nepal-techpana

काठमाडौं । सााओमीले नेपाली बजारमा नयाँ रेड्मी ईयरफोन सार्वजनिक गरेको छ । यो रेड्मी अडियो श्रेणी लाइनअपमा नेपालमा सार्वजनिक भएको दोस्रो उत्पादन हो ।

साओमी नेपालले गत वर्षदेखि आफ्नो फोन प्लस रणनीतिको अंशको रुपमा अडियो श्रेणीमा प्रवेश गरेको थियो । इकोसिस्टम उत्पादनको फोर्टफोलियो ईकोस् अन्तर्गत ब्राण्डले पहिले नै मी टु वायरलेस ईयरबड्स, मी ईन—ईयर हेडफोन बेसिक र मी ईयरफोन सार्वजनिक गरिसकेको छ ।

हालै नेपालमा रेड्मी ब्राण्ड अन्तर्गत पहिलो अडियो — रेड्मी ईयरबड्स एस सार्वजनिक गरिसकेकाे छ र अब हाई—रेस प्रमाणित रेड्मी ईयरफोन पनि बजारमा आएको छ ।

हाई—रेस अडियोद्वारा प्रमाणित रेड्मी ईयरफोनकाे प्रयाेगले प्राकृतिक र यर्थाथपरक सुन्ने अनुभव प्रदान गर्ने दाबी कम्पनीकाे छ । यसको १० एमएमकाे साउन्ड ड्राइभरले स्पस्ट भाेकल प्रदान गर्छ । साथै रेड्मी ईयरफोनले ह्यान्डस्—फ्री कलिंग सुविधाका लागि इन—लाइन—माइक पनि प्रदान गर्दछ ।

यसको मल्टी फंसनले ईयरफोनबाट कल र गीत नियन्त्रण सक्षम गर्दछ । रेड्मी ईयरफोन उच्च गुणस्तरको सुक्ष्म एल्मुनियम धातुबाट तयार गरिएको छ र सिलिकन ईयरप्लगको यसको साथमा आउँदछ ।

यो ३.५ एमएम मापदण्डमा आधारित यसमा १.२५ मिटर लामो केबल रहेको छ । रेड्मी ईयरफोन कालो, निलो र रातो रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको मुल्य ७४९ रुपैयाँ रहेको छ र देशभरका आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाइन च्यानलमा यो छिट्टै उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team