close

भारतमा पब्जी सहित ११८ चिनियाँ एप प्रतिबन्ध

टेकपाना टेकपाना

भदौ १७, २०७७ १८:५३

भारतमा पब्जी सहित ११८ चिनियाँ एप प्रतिबन्ध

काठमाडाैं । भारतीय सरकारले चर्चित भिडियाे गेम पब्जी सहित एक सय १८ चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएकाे छ । चीनसँगकाे विवादले साइबर सुरक्षामा पनि असर परेकाे भन्दै भारतले यस्ताे निर्णय गरेकाे बताइएकाे छ ।

भारतको सूचना प्रविधि मन्त्रालयले एप्लिकेसन उद्याेगलक्षित लगाएकाे प्रतिबन्ध यो तेस्रो पटक हो ।एप्लिकेसनमाथि लगाइएकाे प्रतिबन्धले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताहरुको इच्छाको कदर गरेको विश्वास मन्त्रालयले लिएकाे छ ।

भारतकाे साइबर सुरक्षा र राष्ट्रियताका लागि यस्ताे निर्णय गरिएको उसले उल्लेख गरेकाे छ । मोबाइल एपको दुरुपयोग धेरै भएकाे घटना आएसँगै एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध यस्ता एपहरूमा प्रतिबन्ध लगाउनुपरेकाे मन्त्रालयले बताएकाे छ ।

भारतले पछिल्लो समय चीनसँग बढेको विवादसँगै चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाउन थालेको छ । उसले अघिल्लाे महिनामात्रै चीनका टिकटकसहित ५९ माेबाइल एप प्रतिबन्ध गरेकाे थियाे ।

भारतमा पब्जी गेम निकै चर्चित छ । भारतमा मात्रै याे गेमकाे सक्रिय मासिक प्रयाेगकर्ता चार कराेड रहेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०