close

पब्जी प्रतिबन्धपछि भारतमा फौजी गेम आउँदै !

टेकपाना टेकपाना

भदौ १९, २०७७ १७:४१

पब्जी प्रतिबन्धपछि भारतमा फौजी गेम आउँदै !

काठमाडौं । हिजो मात्रै भारतीय सरकारले चर्चित गेम पब्जीसहित ११८ चिनियाँ एपमाथि प्रतिबन्ध गरेको थियो । पब्जी प्रतिबन्ध भएको दोस्रो दिन एनकाेर गेम्स नामक गेम निर्माता कम्पनीले नयाँ गेम ‘फाैजी’ चाँडै ल्याउने घोषणा गरेकाे छ ।

भारतीय गेम पारखीका लागि याे खुसीको खबर हुनसक्छ । यदि त्यहाँका गेमरहरूले पब्जी गेम मिस गरिरहेका छन् भने उनीहरूका लागि याे फौजी (फियरलेस एन्ड यूनाइटेड : गार्डस) गेम आउँदै छ ।

फौजी नामको यो एप बलिउड नायक अक्षय कुमारको मेन्टरसिपमा बन्ने छ, जुन एक मल्टीप्लेयर एक्सन गेम हुनेछ । पब्जीको टक्करमा आउने दाबी गरिएकाे याे पूर्ण रुपमा भारतीय गेम हुनेछ ।

यो गेम प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर एपलाई समर्थन गर्दै आउन लागेको जनाइएको छ । जसको कमाईको २० प्रतिशत भारतकाे वीर ट्रस्टमा जाने बताइएको छ ।

याे गेमबारे धेरै जानकारी आइसकेको छैन । तर टिजरलाई आधार मान्दा यो गेम पनि पब्जीजस्तै प्लेयर भर्सेस मल्टीप्लेयर सुटर गेम हो ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०