close

चार वर्षमै जियोले कसरी फेर्‍यो भारतीयको भाग्य ?

टेकपाना टेकपाना

भदौ १९, २०७७ २२:१२

चार वर्षमै जियोले कसरी फेर्‍यो भारतीयको भाग्य ?

काठमाडौं । रिलायन्स जियो भारतीय बजारमा प्रवेश गरेको चार वर्ष पुरा भएको छ । चार सालमा अघि जियोले भारतको दूरसञ्चार क्षेत्रमा कदम राख्दै गर्दा कसैले पनि अनुमान गरेका थिएनन् कि यसले भारतकै भाग्य बदलिदिनेछ ।

सन् २०१६ ताका भारतमा एक जीबी डेटाका लागि १८५ रुपैयाँदेखि दुई सय रुपैयाँसम्ममा खर्चनुपर्ने हुन्थ्यो । तर रिलायन्स जियोको लोकप्रिय प्लानका कारण भारतमा अहिले प्रति जीबी डेटाको मूल्य करिब ५ रुपैयाँ छ ।

डेटाको किफायती मूल्यका कारण डेटा खपतले निकै ठूलो फड्को मारेको छ । जियोको प्रवेश हुनु अघिसम्म भारतमा डेटा खपत प्रति ग्राहक ०.२४ जीबी प्रति महिना थियो ।

जहाँ आज कयौं गुणाले बढेर १०.४ जीबी पुगेको छ । कोरोनाको समयमा किफायती डेटाको महत्व झन् खुलस्त रुपमा झल्किएको छ । वर्क फ्रम होम होस् वा बालबािकाको अनलाइन क्लास, दैनिक जीवनका लागि आवश्यक सामान खरिद गर्न वा अनलाइन डक्टरसँग अपोइन्टमेन्ट, सबै तव सम्भव हुन्छ, जब डेटाको मूल्य प्रयोगकर्तालाई धेरै महंगो हुँदैन ।

भारतमा सबै ग्राहकको पहुँचमा डेटा हुनुमा जियोकै योगदान छ । रिलायन्स जियो यसलाई डेटा क्रान्ति बताउँदै आएको छ । सन् २०१६ मा रिलायन्सको वार्षक साधारणसभामा जब मुकेश अम्बानी बोल्न खडा भइरहेका थिए, त्यतिखेर भारत डेटा खपतको मामिलामा १५५ ‍औं स्थानमा थियो ।

आज चार वर्ष पछि आएर रिलायन्स जियोको डेटा क्रान्तिकै कारण भारत विश्वमै डेटा खपतको मामिलामा पहिलो नम्बरमा आइपुगेको छ । ट्राईका अनुसार अमेरिका र चीनलाई जोडेर जति फोरजी मोबाइल डेटा खपत हुन्छ, त्यसभन्दा धेरै भारतका मानिसहरुले गरिरहेका छन् ।

भारतको ६० प्रतिशतभन्दा धेरै डेटा जियो नेटवर्कमै खपत हुने गर्दछ । जियो फाइबरको नयाँ योजनाका साथ रिलायन्स जियोले पुनः एक पटक भारतीय बजारमा हलचल ल्याइरहेको छ । नेपालमा फिक्स्ड ब्रोडब्याण्डमा अनलिमिटेड डेटा प्लान सुरु भएको वर्षौं भइसक्यो ।

तर भारतमा जियो नै अहिले त्यस्तो योजना ल्याउने पहिलो कम्पनी बनेको छ । त्यसो त प्याकेजअनुसार कनेक्सनको स्पीड कम वा ज्याद हुन्छ । जसमा ग्राहकले चाहे जति डेटा प्रयोग गर्न सक्छन् ।

जियोको यो योजनाले भारतमा डेटा खपतको विषयलाई नयाँ शिराबाट परिभाषित गर्ने अपेक्षा गरिएको छ । रिलायन्स जियोले आफ्नो प्रवेशसँगै कयौं नयाँ प्रयोग गर्‍यो । जसमा निःशुल्क भ्वाइस कलिङ र किफायती डेटा त छँदै थियो, सँगसँगै टूजी प्रयोग गर्ने ग्रामीण भारतका लागि कम्पनीले निकै सस्तो मूल्यमा फोरजी जियोफोन समेत ल्यायो ।

आजको समयमा कम्पनीसँग १० करोडभन्दा धेरै जियोफोन उपभोक्ता छन् । जियोफोन आएपछि भारतका गाउँ गाउँमा डेटा सब्सक्राइबरको संख्या निकै बढ्यो । २०१६ मा जहाँ भारतका गाउँमा १२ करोड आसपास प्रयोगकर्ताले डेटा प्रयोग गरिरहेका थिए ।

त्यहिँ आज २८ करोड मानिसहरु इन्टरनेट डेटा उपयोग गरिरहेका छन् । दूरसञ्चार क्षेत्रका दिग्गज कम्पनीहरुलाई रिलायन्स जियोले हरेक क्षेत्रमा पछार्‍यो । आज कम्पनी उपभोक्ता, बजार हिस्सा र आम्दानी सबै मामिलामा भारतको नम्बर वान दूरसञ्चार कम्पनी बनेको छ ।

कम्पनीले आफ्नो नेटवर्कबाट ग्राहकहरुलाई जोड्ने विषयमा समेत रेकर्ड कायम गरेको छ । पछिल्लो चार वर्षमा जियोमा करिब ४० करोड भारतीय जोडिएका छन् । ‘डेटा इज न्यू आयल’ रिलायन्सका मालिक मुकेश अम्बानीको यही टिप्पणी सही सावित भयो ।

कोरोनाको समयमा रिलायन्स जियोमा विश्वकै ठूला ठूला कम्पनीले लगानी गरे । फेसबुक, गूगल जस्ता कम्पनीकासाथै इन्टेल क्वालकमले समेत रिलायन्स जियोसँग साझेदारी गरेका छन् । भारतको प्रविधि क्षेत्रमा २४ खर्ब रुपैयाँभन्दा धेरैको विदेशी लगानी पहिलो पटक आएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०