close

गूगलका रोचक १० तथ्य

टेकपाना टेकपाना

भदौ २०, २०७७ २२:४८

गूगलका रोचक १० तथ्य

काठमाडौं । सर्च इन्जिन गूगल अहिले तपाईंको हामी सबैको साथी बनेको छ । यसबिनाको दैनिकी तपाईं हामीले कल्पना गर्न समेत छोडि सकेका छौं । अवस्था यस्तोससम्म भइसक्यो कि गुरु पूर्णिमामा गुरुहरुलाई सम्झिँदा सामाजिक सञ्जालमा गूगल गुरुको नाममा समेत अनेकौं शुभकामना सन्देशहरु देख्न पाइन्छ । 

नयाँ साथी थिए दुई जना संस्थापक

गूगलका संस्थापक सर्गेई ब्रिन र ल्यारी पेज पुराना साथी थिएनन् । संयोगले उनीहरु भेट जुराएको थियो । २२ वर्षीय ल्यारी पेज मिसिगन युनिभर्सिटीबाट कम्प्युटर इन्जिनियरिङको डिग्री पुरा गरेर पीएचडीका लागि स्ट्यानफोर्ड युनिभर्सिटी आएका थिए ।

त्यहाँ त्यसअघि देखि नै सेग्रेई ब्रिन पीएचडीका लागि भर्ना भइसकेका थिए । सेग्रेई ब्रिनलाई क्याम्पस देखाउने जिम्मेवारी दिइएको थियो । यो सन् १९९५ साल तिरको सन्दर्भ हो । यस्तैमा दुवैबीच दोस्ती जम्यो र गूगलको आइडिया निस्क्यो ।

नाम परिवर्तन पछि बनेको थियो गूगल

सुरुवातमा गूगलको नाम ब्याकरब राखिएको थियो । दुवैले वेब ब्राउजर ब्याकरबको कन्सेप्टका लागि हात मिलाएका थिए । उनीहरु स्ट्यानफोर्डको सर्भरमा काम गरिरहेका थिए, जसले एकदमै धेरै ब्याण्डविथ खपत गरिरहेको थियो । 

किन राखियो यो नाम ?

१५ सेप्टेम्बर १९९७ मा ब्याकरबको ठाउँमा उनीहरुले गूगलको एउटा नयाँ टाइटल डोमेन नेम लिए लिए । वास्तवमा यो गूगल शब्द जानिबुझी गरिएको शब्दको अपभ्रम्स हो । गूगल (Googol) एक गणितीय शब्द हो,  जसको प्रतिनिधित्व एक अंकबाट गरिन्छ, त्यसपछि शय शून्य हुन्छन् । अर्थात यसमा असंख्य डेटा हुन्छन् । धेरैजसोले ठान्थे कि गूगल (google) नाम गल्तिका कारण स्पेलिङ गडबड भएर लेखिएको हो । तर यो जानिबुझी नै गरिएको थियो । 

गूगलको पहिलो डूडल

गूगलले आफ्नो होमपेजमा फरक फरक अवसरमा कुनै महापुरुषलाई सम्मान दिन, कुनै विशेष चाडबाड वा उत्सवका लागि आफ्नो नामको शब्दलाई नै जोडजाड गरेर रचनात्मक तरिकाले लेखिदिने गर्छ । यसलाई नै डूडल भिनेर बुझ्ने गरिएको छ । गूगलको पहिलो डूडल बर्निङ मेन फेस्टिभलसँग जोडिएको छ । १९८६ मा सानफ्रान्सिस्कोमा बर्निङ मेन फेस्टिभल मनाउन सुरु भएको थियो । त्यसैसँग जोडिएको पहिलो डूडल गूगलमा बनाइएको थियो । 

ग्यारेजमा थियो, गूगलको पहिलो कार्यालय

सन् १९९८ मा गूगलका पहिलो मार्केटिङ म्यानेजरको ग्यारेजमा सर्च इन्जिनको पहिलो कार्यालय सेटअप गरिएको थियो । आज उनी महिला युट्युवकी सीईओ छिन् । 

जीमेल सार्वजनिक भएको दिन

जीमेल सार्वजनिक गर्न गूगलले १ अप्रिलको दिन छानेको थियो । जतिखेर यो तय गरिएको थियो, त्यतिखेर विश्वभरका मानिसहरुले यसलाई फेक न्यूज मानेर पत्याएका थिएनन् । आज करोडौं मानिसहरु यसको प्रयोग गरिरहेका छन् । 

डिक्सनरीमा गूगलको अर्थ

गूगल कहिल्यै कुनै शब्दकोषमा सामेल थिएन । तर आज गूगल वा गूगलिङ जस्ता शब्दहरु सर्च गर्ने सन्दर्भमा प्रयोग हुन थालेका छन् । पहिलो पटक भर्भ(क्रिया)को रुपमा गूगलको प्रयोग १५ अक्टुबर २००२ मा एयर भएको एक टीभी शो बफ्फी भ्याम्पायर स्लायरमा गरिएको थियो । 

गूगल इमेजको किर्तिमानी सुरुवात

सन् २००१ मा जब गूगल इमेज सर्च सिस्टम सुरु गरियो, त्यतिखेर गूगलका अधिकारीहरु नै अचम्मित थिए । पहिलो दिनमै २५ करोड मानिसहरुले यो फिचर प्रयोग गरेको देखियो ।

पहिलो शेयर बिक्री

सन् २००४ मा गूगल पब्लिक लिमिटेड बनेको थियो र उसले ८५ डलर प्रतिशेयरको दरले आफ्नो एक करो८ ९६ लाख ५ हजार ५२ शेयरको स्टक बिक्री गरेको थियो । जसबाट कम्पनीको मूल्य २७ अर्ब डलर हुन पुग्यो । जुन त्यस समयको जनरल मोटर्सको मुल्य बराबर थियो । 

हेड क्वार्टर रहेको सहरमा वाईफाई

गूगलको हेडक्वार्टर क्यालिफोर्नियाको माउन्टेन भ्यू सहरमा छ, जहाँ गूगलले सन् २००६ मा पुरै सहरलाई  वाईफाई सुविधा दिएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०