close

१२ जीबी र्‍याम भएका वानप्लस एट र एट प्रो नेपाली बजारमा, यस्तो छ मूल्य र छुट

टेकपाना टेकपाना

भदौ २१, २०७७ १२:८

१२ जीबी र्‍याम भएका वानप्लस एट र एट प्रो नेपाली बजारमा, यस्तो छ मूल्य र छुट

काठमाडौं । मोबाइल एप रिचार्जरले चर्चित ब्राण्ड वान प्लसका पछिल्लो संस्करणका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ पुस्तामा लोकप्रिय मानिएका वान प्लस ब्राण्डका पछिल्लो मोडलहरु वान प्लस एट र वान प्लस एट प्रो मोबाइल नेपालमा बिक्री गर्न रिचार्जरले वान प्लस मोबाइलको आधिकारिक बिक्रेता आई हब प्रालिसँग सम्झौता गरेको थियो ।  

भदौ ११ गतेदेखि जारी मेगा ग्याजेट्स सेल मेलाको अवधि एक साता थप गर्दै रिचार्जरले एनआईसी एसिया बैंकसँगको सहकार्यमा वान प्लसका मोबाइलमा छुट अफर ल्याएको हो । अफर अन्तर्गत एनआईसी एसिया बैंकका खातावालाहरुले यी दुवै मोबाइल किन्दा ३ हजार रुपैयाँ नगद फिर्ता पाउने छन् ।

एनआईसी एसिया बैंकको इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्डबाट वान प्लस मोबाइलको महसुल भुक्तान गर्नेहरुले तत्काल ३ हजार रुपैयाँ नगद फिर्ता पाउने छन् ।

त्यसै गरी रिचार्जरले वान प्लसका मोबाइल खरिद गर्ने सबैलाई २ हजार रुपैयाँ बराबरको कोभिड प्रोटेक्टिभ गिफ्टह्याम्पर उपलब्ध गराउने जनाएको छ । 

विश्व बजारमा नयाँ पुस्तामा वान प्लसका मोबाइलहरु लोकप्रिय मानिन्छ । १२ जीबी र्‍याम र २५६ जीबी रोम भएको वान प्लस एटको बजार मूल्य ९३ हजार रुपैयाँ रहेको छ । यस्तै १२ जीबी र्‍याम र २५६ जीबी रोमयुक्त वान प्लस एट प्रोको बजार मूल्य १ लाख २५ हजार रुपैयाँ तोकिएको छ । 

मेगा सेल मेला भदौै २६ गतेसम्म रिचार्जर एपमा सञ्चालन हुनेछ । हरेक मोबाइल र इलेक्ट्रोनिक्सको खरिदमा रिचार्जरले एक हजार देखि ५  हजार रुपैंया सम्मको गिफ्ट ह्याम्पर उपलब्ध गराउनेछ ।  

कोभिडको सुरक्षा सामग्री सस्तो मूल्यमा बिक्री गर्दै आएको रिचार्जरले सेल मेलामा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउनेछ ।

एनआईसी एसिया बैंक, सुद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकका क्रेडिट कार्ड भएका ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने छन् ।  

लकडाउनका बेला सेवाग्राहीलाई छुटसहितको अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा रिचार्जरले शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने छ । 

ब्रान्डेड सामग्रीहरूको मेगा सेल ग्याजेट्स मेला अवधिमा दैनिक रुपमा सञ्चालन हुने ह्याप्पी आवरमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा सामान गरिद गर्न सक्ने छन् ।

कोभिड सुरक्षा उपहरण, विभिन्न ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिजजस्ता उपकरणका साथै जुत्ता, कपडा, झोला, पफ्र्युम लगायतका सामान ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिनेछ ।

सेलमा ‘बाई वान गेट वान फ्री’ को अफर समेत सञ्चालन हुनेछ । कुनै पनि किसिमको ग्याजेट्स तथा कोभिड प्रोटेक्टिभ प्रोडक्ट खरिद गर्दा मास्क र स्यानिटाइजर अनिवार्य रुपमा नि:शुल्क उपलब्ध हुनेछ । सेल अवधिमा सामान किन्नेमध्येबाट एक जनालाई रिचार्जरले आईफोन इलाभेन उपहार स्वरुप वितरण गर्नेछ ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी अकाउण्ट खोल्दा एक हजार क्यास प्वाइन्ट प्राप्त हुनेछ । रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०