close

मेरो जबमा भ्याकेन्सी पोस्ट गर्दा ७५ प्रतिशत छुट

टेकपाना टेकपाना

भदौ २२, २०७७ १७:२७

मेरो जबमा भ्याकेन्सी पोस्ट गर्दा ७५ प्रतिशत छुट

काठमाडौं । कोभिड १९ बाट प्रभावित भएका ६ क्षेत्रलाई जब भ्याकेन्सी पोस्टिङका लागि ७५ प्रतिशत छुट दिने मेरो जबले घोषणा गरेको छ । 

कोभिड १९ का कारण अत्यन्तै प्रभावित शैक्षिक संस्था, मिडिया, हस्पिटालिटी, कन्सल्टेन्सी, अटोमोटिभ र स्वास्थ क्षेत्रलाई कर्मचारीको आवश्यकता परेको खण्डमा मेरो जबको वेबसाइटमा भ्याक्सी राख्न सक्नेछन् ।

यी ६ क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई ७५ प्रतिशतसम्म सेवा शुल्क छुट दिने मेरो जबले बताएको छ । 

सोमबार सार्वजनिक गरिएको यो स्किम सेप्टेम्बर २० तारिखसम्म चल्ने कम्पनीले बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०