close

फ्ल्यागशिप फिचर सहित सस्तो मूल्यमा सार्वजनिक भयो पोको एक्सथ्री

टेकपाना टेकपाना

भदौ २३, २०७७ १०:१३

फ्ल्यागशिप फिचर सहित सस्तो मूल्यमा सार्वजनिक भयो पोको एक्सथ्री

काठमाडौं । प्रविधि कम्पनी साओमी मातहतको पोको कम्पनीले एक्स सिरिजको आकर्षक स्मार्टफोन पोको एक्सथ्री विश्वबजारमा सार्वजनिक गरेको छ । कम्पनीले युरोपबाट यो फोन सार्वजनिक गरेको हो ।

यो स्मार्टफोनमा एचडी डिस्प्लेका साथ पातलो बेजल दिइएको छ । यस बाहेक पोको एक्सथ्रीमा एनएफसीको सपोर्ट पनि छ । कम्पनीले यस अघि पोको एक्सटू स्मार्टफोन सन् २०२० को सुरुवातमा विश्वबजारमा ल्याएको थियो । 

साओमीले सन् २०१८ मा पोकोलाई आफ्नो स्वतन्त्र ब्राण्डको रुपमा सार्वजनिक गरेको थियो । जसले आफ्नो पहिलो स्मार्टफोन पोको एफ वानबाट नै बजारमा निकै प्रख्याती प्राप्त गर्न सफल भएको छ । 

स्पेसिफिकेसन

पोको एक्सथ्री स्मार्टफोनमा डेबामिक स्वीच राखिएको छ भने यसमा ६.६७ इन्चको फुल एचडी प्लस एलसीडी डट डिस्प्ले दिइएको छ । जसको स्क्रीन रिफ्रेश रेट १२० हर्ज र टच स्याम्पलिङ रेट २४० हर्ज रहेको छ ।

जसले फ्ल्यागशिप स्मार्टफोनमा जस्तै स्मूथ र रेस्पोन्सिभ अनुभव दिलाउने कम्पनीको दाबी छ । साथै स्क्रीनको सुरक्षाका लागि यसमा कर्निङ गोरिल्ला ग्लास फाइभ राखिएको छ । यस बाहेक यो स्मार्टफोनमा लेटेस्ट क्वालकम स्नाप ड्रागन ७३२ जी प्रोसेसरको सपोर्ट दिइएको छ ।

फोन तात्न नदिनका लागि यसमा लिक्वीडकूल प्रविधि प्रयोग गरिएको छ । पोको एक्सथ्री एन्ड्रोइड टेनमा आधारित एमआईयूआई ट्वेल्भ अपरेटिङ सिस्टममा काम गर्दछ । सेक्युरिटीका लागि साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर राखिएको छ । फोनको तौल २१५ ग्राम रहेको छ ।

क्यामेरा 

पोको एक्सथ्री स्मार्टफोनमा एआई क्वाड क्यामेरा सेटअप (चार वटा क्यामेरा भएको) दिइएको छ । जसमा ६४ मेगापिक्सेलो सोनी आईएमएक्स६८२ सेन्सर, १३ मेगापिक्सेलको वाइड एंगल लेन्स र समान दुई मेगापिक्सेल भएको डेप्थ सेन्सर र म्याक्रो लेन्स राखिएको छ ।

यसले ३० फ्रेम पर सेकेन्डमा फोरके भिडियो रेकर्ड गर्न सकिने कम्पनीको दाबी छ । सँगसँगै यो फोनमा सेल्फीका लागि अगाडिपट्टी २० मेगापिक्सेलको क्यामेरा दिइएको छ । 

कनेक्टिभिटी

कम्पनीले पोको एक्सथ्री स्मार्टफोनमा कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ, फोरजी, जीपीएस, आईआर ब्लास्टर, एनएफसी, ३.५ एमएम हेडफोन ज्याक र यूएसबी टाइपसी दिएको छ ।

यस बाहेक यो स्मार्टफोनमा ५,१६० एमएएचको ब्याट्री रहेको छ । जुन ३३ वाट फास्ट चार्जर र ३३ वाटकै बक्स चार्जरका साथ प्राप्त हुनेछ । 

कति छ मूल्य ? 

पोको एक्सथ्री स्मार्टफोन ६ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज र ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टका साथ बजारमा आएको छ ।

यसको सुरुवाती भेरियन्टको मूल्य २२९ यूरो (करिब ३१ हजार आठ सय रुपैयाँ) र माथिल्लो भेरियन्टको मूल्य २६९ यूरो (करिब ३७ हजार दुई तन सय रुपैयाँ) ८ सेप्टेम्बरबाट बिक्री सुरु भएको यो स्मार्टफोन कोवल्ट ब्लू र श्याडो ग्रे कलर अप्सनमा खरिद गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०