close

गुगल क्रोमबाटै यसरी तयार पार्नुहोस् बलियो अनि सुरक्षित पासवर्ड

टेकपाना टेकपाना

भदौ २७, २०७७ २२:५८

गुगल क्रोमबाटै यसरी तयार पार्नुहोस् बलियो अनि सुरक्षित पासवर्ड

काठमाडौं । कुनै पनि अकाउण्टको सुरक्षाका लागि त्यसको पासवर्ड बलियो हुनु एकदमै जरुरी छ । यदि तपाईं आफ्नो अकाउण्टका लागि सुरक्षित पासवर्ड कुन हो वा होइन भन्ने दुविधामा हुनुहुन्छ भने अब त्यसका लागि गुगल क्रोमको सहयोग लिन सक्नुहुनेछ ।

गुगल क्रोममा पासवर्ड स्टोर र सिंक्रोनाइज गर्ने सुविधाका साथै ब्युल्ट ईन पासवर्ड म्यानेजर फिचर समेत रहेको हुन्छ । जसको उपयोग तपाईं कुनै पनि वेबसाइटमा साइनअप गर्दाको बखत बलियो पासवर्ड सिर्जना गर्ने काममा पनि गर्न सक्नुहुन्छ ।

आज हामी तपाईंलाई गुगल क्रोमको सहयोगमा कसरी बलियो पासवर्ड तयार पार्ने भन्ने बारेमा बताउँदै छौं ।

यसरी तयार पार्नुहोस् सुरक्षित अनि बलियो पासवर्ड

क्रोमको पासवर्ड जेनेरेटरले तपाईंलाई प्रत्येक वेबसाइटको लागि बलियो र युनिक पासवर्डको विकल्प सुझाउने काम गर्दछ । यसले अकाउण्टलाई सुरक्षित बनाउनुका साथै अनधिकृत पहुँचबाट समेत रोक्ने गर्दछ ।

यस बाहेक क्रोमले तपाईंलाई पासवर्ड सम्झिराख्नुपर्ने झन्झटबाट समेत मुक्ती दिलाउनेछ । त्यसका लागि यसमा पासवर्डलाई तपाईंको गुगल अकाउण्टसँग सिंक गराउने फिचर उपलब्ध गराइएको छ ।

अब क्रोममा यो फिचर डिफल्ट रुपमा नै आइसकेको छ । तपाईं यसको प्रयोग गरेर अनलाइन अकाउण्ट बनाउँदाको समय बलियो पासवर्ड तयार पार्न सक्नुहुनेछ ।

  • यसका लागि सबैभन्दा सुरुमा तपाईंले क्रोमको सेटिङमा गएर सिंक फिचर इनेबल गर्नुपर्ने हुन्छ ।
  • अब कुनै पनि वेबसाइटमा जानुहोस् र एउटा नयाँ अकाउण्ट क्रियट गर्ने कोसिस गर्नुहोस् ।
  • जब तपाईं पासवर्ड बक्समा ट्याप गर्नुहुन्छ, क्रोमले स्वचालित रुपमा तपाईंलाई एउटा मजबूत पासवर्ड बनाउन सघाउनेछ ।
  • यदि यो विकल्प फेला पार्नु भएन भने बक्समा ट्याप गरिसकेपछि चाबी आकारमा देखा पर्ने आइकनमा क्लिक गर्नुहोस् र ‘सजेस्ट स्ट्रोङ पासवर्ड’ विकल्प रोज्नुहोस् ।
  • यसरी सिर्जना भएको पासवर्ड अब तपाईं कुनै पनि ठाउँमा प्रयोग गर्न सक्नुहुन्छ ।
  • यदि तपाईं कुनै वेबसाइटमा साच्चिकै अकाउण्ट साइनअप गर्दै हुनुहुन्छ भने तपाईंको पासवर्ड क्रोममा आफै सेभ भएर बस्नेछ ।
  • यदि तपाईंले यो विकल्प देख्नु भएन भने क्रोमको सेटिङमा जानुहोस् । अब त्यहाँ पासवर्ड्स अर्थात अटो फिल लेखिएको देख्नुहुनेछ ।
  • त्यसमा तपाईंले सेभ पासवर्ड वा अफर टु सेभ पासवर्ड अप्सन देख्न सक्नुहुनेछ । त्यसलाई अन गर्नुहोस् ।
  • गुगल पासवर्ड जेनेरेटर फिचर कम्प्युटर तथा ल्यापटप र मोबाइल दुवै भर्सनमा सपोर्ट गर्दछ । यस हिसावले तपाईं अलग अलग अकाउण्टका लागि गुगल क्रोमको सहयोगमा सुरक्षित र युनिक पासवर्ड तयार पार्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०