close

आकर्षक स्मार्टफोन ‌ओप्पो ए ५३ नेपालमा आउँदै, कति होला मूल्य ?

टेकपाना टेकपाना

भदौ २८, २०७७ २२:२२

आकर्षक स्मार्टफोन ‌ओप्पो ए ५३ नेपालमा आउँदै, कति होला मूल्य ?

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी ओप्पोले आफ्नो ए सिरिज अन्तर्गत नेपालमा ओप्पो ए ५३ सार्वजनिक गर्ने भएको छ । तीब्र पर्फर्मेन्सका लागि विशेष डिजाइनमा तयार पारिएको ओप्पो ए ५३ ले प्रयोगकर्ता माझ छुट्टै अनुभव प्रदान गर्ने बताइएको छ ।

९० हर्ज रिफ्रेश रेट सहितको ओप्पो ए ५३ मा नियो डस्प्ले र थ्रीडी कर्भ्ड ईरिडसेन्ट वेभ डिजाइन दिइएको छ । पाँच हजार एमएएच क्षमताको ब्याट्री रहेको यो फोन १८ वाट फास्ट चार्जर सहित आउनेछ ।

यसमा रहेको क्वालकमको अत्याधुनिक अक्टा कोर प्रोसेसर र ओप्पोकै पहिलो र्‍याम प्लस मेमोरी अप्टिमाइजेसनले फोनको समग्र प्रदर्शनलाई विशेष बनाउनेछ । ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले फोनमा ९० हर्जको नियो डिस्प्ले सहित हाल फ्ल्यागशिप फोनहरुमा मात्र उपलब्ध सुविधाहरु समावेश गरिएको दाबी गरे ।

साथै ओप्पो ए ५३ मा रहेको सुपर पावर सेभिङ मोडले पाँच प्रतिशत ब्याट्री बाँकी रहेको अवस्थामा समेत विभिन्न पावर सेभिङका विकल्पहरुमार्फत ब्याट्री बचत गर्ने क्षमता राख्दछ । त्यसैगरी स्लिप स्ट्यान्डबाई अप्टिमाइजेसनले रातको समयमा केवल दुई प्रतिशत ब्याट्री मात्रै खपत गर्ने र आठ घण्टासम्मको स्ट्याण्डबाई टाइम उपलब्ध गराउनेछ ।

यसमा क्वालकमको स्न्यापड्रागन अक्टाकोर ४६० प्रोसेसर प्रयोग गरिएको छ । फोनमा यूएफएस २.१ मा आधारित चार जीबी एलपीडीडीआर फोर एक्स र्‍याम स्टोरेज दिइएको छ ।

साथै यसमा रहेको थ्री कार्ड स्लटमार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार स्टोरेजलाई २५६जीबीसम्म विस्तार गर्न सक्नेछन् । ओप्पो ए ५३ को ६.५ ईञ्चको एचडी प्लस स्क्रिनमा कम्पनीले सिंगल पञ्च होल डिजाइन राखेको छ ।

यसले फोनलाई आकर्षक देखाउनुका साथै आँखालाई सुरक्षा समेत प्रदान गर्दछ । यसमा रहेको एआई ब्राइटनेसले प्रयोगकर्ताका पछिल्ला ब्राइटनेस प्राथमिकताको आधारमा फोनको ब्याकलाइटलाई समायोजन गर्ने क्षमता राख्छ ।

प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाई प्रदान गर्ने सोचका साथ यो स्मार्टफोनमा कम्पनीले दुई वटा स्पिकर सहित डिर्‍याक २.० (स्टेट अफ आर्ट डिजिटल साउन्ड करेक्सन प्रविधि) समेत प्रयोग गरेको छ । यसले गेमिङ, संगीत तथा चलचित्र हेर्दा प्रयोगकर्तालाई विशिष्ट किसिमको अनुभव दिलाउनेछ ।

फोन अनलक गर्ने कार्यलाई अझ सहज र स्टाइलिस बनाउन फोनको ब्याक कभरमा ब्याक फिंगरप्रिन्ट सेन्सर राखिएको छ । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र इन्टेलिजेन्ट ब्युटिफिकेसन अल्गोरिदमले वातावरण, स्किन टोन वा प्रकाशको उचित समायोजनबाट प्राकृतिक तवरको सेल्फी खिच्न सघाउनेछ ।

साथै यसमा फ्रन्ट क्यामेराका लागि एआई ब्युटिफिकेशन, फ्रन्ट क्यामेरा स्मार्ट टच (अप र फ्रन्ट क्यामेरा कस्टमाइज ब्युटिफिकेसन लगायतका फिचर पनि दिइएको छ । ओप्पो ए ५३ को पछाडितिर १३ मेगापिक्सेलको क्यामेरा, १३ मेगापिक्सेलको एआई लेन्स र दुई मेगापिक्सेलको डेप्थ सेन्सर सहितको तीन वटा क्यामेरा रहेका छन् ।

यसमा रहेको दुई मेगापिक्सेल माक्रो क्यामेरा मार्फत प्रयोगकर्ताले चार सेन्टिमिटरसम्म नजिकको वस्तुलाई जुम गर्दै विस्तृत विवरण सहितको तस्वीर खिच्न सघाउँछ । यो ट्रिपल क्यामेरा सेटअपलाई अझ सटिक र उपयोगी बनाउन यसमा पोट्रेट बोके, ड्याजल कलर मोडका साथै एक दर्जनभन्दा बढी स्टाइलिस फिल्टरहरु पनि उपलब्ध गराइएको छ ।

यसमा म्युजिक पार्टी, मल्टि युजर मोड, आइकन पुल डाउन गेस्चर, सिम्पल मोड लगायतका सुविधाका लागि कलर ओएस ७.२ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।

कति छ मूल्य ?

कम्पनीले ओप्पो ए ५३ लाई यही सेप्टेम्बरभित्र सार्वजनिक गर्ने योजना बनाएको छ । फोन फेन्सी ब्ल्यू र ईलेक्ट्रिक ब्ल्याक गरी दूई वटा रंगमा उपलब्ध हुनेछ ।

चार जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजका साथ सार्वजनिक हुने यो फोनको मूल्य आधिकारिक तवरबाट भने खुलाइएको छैन । गत अगस्टमै विश्वबजारमा सार्वजनिक भएको यो फोनको मूल्य २१ हजार रुपैयाँ आसपास हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०