close

सस्तो र राम्रो फिचर भएको नोकिया सी थ्री नेपाली बजारमा

टेकपाना टेकपाना

भदौ ३०, २०७७ १८:५४

सस्तो र राम्रो फिचर भएको नोकिया सी थ्री नेपाली बजारमा

काठमाडाैं । नोकिया फोनको उत्पादक एचएमडी ग्लोबलले नयाँ फिचर भएको स्मार्टफोन नोकिया सी थ्री विश्व बजारमा ल्याएको छ । सोही अनुरुप नेपालका लागि नोकिया मोबाइलको आधिकारिक वितरक टेलिटक प्रालिले नोकिया सी थ्री नेपालमा भित्र्याएको छ ।

५.९९ इन्चको एचडी प्लस स्क्रीन रहेकाे फाेनमा दिनभर टिक्ने ब्याट्री र उच्चस्तरको क्यामेरा क्वालिटी भएको कम्पनीले दाबी गरेकाे छ । एन्ड्राेइड टेन स्मार्टफोनकाे रूपमा बजार भित्रिएकाे फाेनकाे एचडी प्लस स्क्रीनमा रहेको उज्यालोपना अनुकूल गर्ने विशेषताले बाहिरी र भित्री जुनसुकै अवस्था पनि उत्कृष्ट प्रदर्शन गर्दछ ।

एन्ड्राेइड टेन, अक्टा–कोर प्रोसेसर र फिगंर प्रिन्ट सेन्सरजस्ता आधुनिक प्रविधिले गर्दा यो स्मार्टफोन ग्राहकहरुका लागि पूर्ण रुपमा सहयोगी साबित हुनेछ । मात्र एक बटन क्लिक वा आवाजको माध्यमबाट यो स्मार्टफोनमा गुगल असिस्टेन्ट सहयोग लिन सकिन्छ, साथै गीत सुन्न र नयाँ समाचार हेर्न सकिन्छ ।

डिस्प्ले र व्याट्री

कम्पनीका अनुसार फाेनमा विश्वसनीय डिजाइन, दिनभर टिक्ने व्याट्री र ५.९९” एच्डी प्लस स्क्रीन रहेकाले प्रयाेगकर्ताले मनपराउने छन् । डिस्प्लेकाे फिचर भन्नुपर्दा यसले उज्यालो–अध्याँरो अनुकूल हुने गरी लाइट आफै मिलाउँदछ । ३०४० एमएएचकाे व्याट्रीले दिनभरी उर्जा दिने भएकोले कार्य सम्पादन क्षमता बढाउने विश्वास कम्पनीकाे छ ।

अक्टा–कोर प्रोसेसरले स्पीड र कुशलता दिन्छ, जुन हरेक दिनको कामलाई आवश्यक पर्दछ । नोकिया सी थ्री मा पोली कार्वोनेटले बनेको कभरले डिजाइनलाई आकर्षक मात्र नभई झन बलियो र टिकाउ बनाएको कम्पनीले उल्लेख गरेकाे छ ।

विश्वासिलो क्वालिटीको साथमा गुगल असिस्टेन्ट

नोकिया सी थ्री को क्यामेराले यादगार क्षणहरु आकर्षक फोटो र भिडियोहरु हाई क्वालिटी मा कैद गर्दछ । यसमा पछाडितिर ८ मेगापिक्सेलकाे क्यामेरा र एलईडी फ्लासले एचडीआर फोटोग्राफी र फूल एचडी भिडियो दिन्छ ।

त्यस्तै अगाडिको ५ मेगापिक्सेलकाे क्यामेरा छ । यसमा कैद भएको मनमोहक र स्तरीय विषयवस्तुलाई साथीभाइहरुसँग शेयर वा आफ्नो सामाजिक सञ्जालमा सजिलै हाल्न सकिन्छ । नोकिया सी थ्री मा भएको गुगल असिसटेन्ट बटनले दिनभरीको काम सहज पार्दछ ।

मौसम हेर्न होस् वा तारिख हेर्न सिर्फ एउटा बटन दवाउनुहोस् वा आफ्नो आवाजबाट तुरुन्तै प्रश्नको जवाफ पाउन सक्नुहुन्छ । यसमा बायोमेट्रिक फिगंरप्रिन्ट सेन्सर पद्धति रहेको छ, जसले गर्दा फोन छिट्टै र सजिलै खोल्न मिल्छ ।

मूल्य र उपलब्धता

नोकिया सी थ्री नर्डिक ब्लू (निलो) रंग र २/१६ जीबी कन्फिग्रेसनमा बजारमा उपलब्ध छ । यसको बजार मूल्य रु. १२,४९९ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०