close

काठमाडौं महानगरपालिकाको कर अब घरबाटै तिर्न सकिने

टेकपाना टेकपाना

असोज १, २०७७ १४:२५

काठमाडौं महानगरपालिकाको कर अब घरबाटै तिर्न सकिने

काठमाडाैं । काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ । महानगरपालिकाले १० वटा वडाहरुबाट याे सेवा सुरु गरेको हो ।

महानगरपालिकाको सातौ नगरसभाको निर्णय अनुसार विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने सेवा थालिएकाे हाे । अब वडामा कर तिर्ने करदाताले यो प्रणालीबाट आफूले बुझाउनुपर्ने कर, शुल्क तथा दस्तुरको प्रारम्भिक मूल्यांकन आफैं र घरमै बसेर कर तिर्न सक्छन् ।

विद्युतीय प्रविधिमार्फत राजश्व संकलन गर्दा आगामी वर्षमा २० देखि ३० प्रतिशत सम्म राजस्व संकलन बढ्ने अपेक्षा रहेकाे महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए ।

अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिनेछ ।

यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास लिएको महानगरपालिकाले जनाएको छ । विद्युतीय भुक्तानीका लागि विभिन्न पेमेन्ट गेटवेसँग सहकार्य गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०