close

८ जीबी र्‍याम र ६ वटा क्यामेरा भएको ओप्पो एफ १७ प्रो नेपालमा आउँदै

टेकपाना टेकपाना

असोज ४, २०७७ १७:३२

८ जीबी र्‍याम र ६ वटा क्यामेरा भएको ओप्पो एफ १७ प्रो नेपालमा आउँदै

काठमाडौं । चिनियाँ ब्राण्ड ओप्पाेले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले फ्ल्यागशिप मोडल अन्तर्गत ओप्पो एफ १७ प्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गर्ने भएको हो ।

तीन दिनघि मात्र २२,९९० भारतीय रुपैयाँमा भारतमा ओप्पो एफ १७ सार्वजनिक भएकाे छ । ओप्पाेका अनुसार फोन अल्ट्रा स्लिक, फेशनेबल डिजाइन तथा अत्याधुनिक प्रविधिका साथ आएकाे छ ।

६.४३ इन्चको डिस्प्ले रहेको फोनमा ६ ओटा क्यामेरा रहनेछ । यसमा चारवटा रियर र २ ओटा सेल्फी क्यामेरा रहेको छ । यसमा ६० हर्ज सहित एमाेलेड डिस्प्ले रहेकाे छ ।

यसमा चिपको रुपमा मिडिया टेक हेलियो पी९५ प्रयोग गरिएको छ । ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध हुने फोन एन्ड्रोइड टेन आधारित कलर ओएस ७.२ युजर इन्टरफेस प्रयोग गरिएको छ ।

यो फोनमा ४०१५ एमएएचको ब्याट्री प्रयोग गरिएको छ । कम्पनीले सार्वजनिक हुने मिति नखुालए पनि चाँडै नेपाली बजारमा उपलब्ध हुने जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०