close

वीच्याट प्रतिबन्ध गर्ने ट्रम्पको प्रयास अन्तत: विफल

टेकपाना टेकपाना

असोज ५, २०७७ १६:१४

वीच्याट प्रतिबन्ध गर्ने ट्रम्पको प्रयास अन्तत: विफल

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश मार्फत अमेरिकामा चिनियाँ एप वीच्याटमाथि लाग्न लागेको प्रतिबन्ध न्यायाधीशले रोकेकी छन्।

एप्पलकाे एप स्टोर र गुगलकाे प्ले स्टाेरबाट नयाँ एप डाउनलोड रोक्न ट्रम्पले दिएको निर्देशन विपरित क्यालिफोर्नियाकी न्यायधिशले नयाँ फैसला सुनाएकी हुन् ।

कार्यकारी आदेशको मुख्य ध्यान टिकटक र ओराकल तथा वालमार्टसँगकाे सम्झौतामा रहेपनि वीच्याट र अन्य चीन केन्द्रित एप पनि प्रतिबन्धको लाइनमा थिए ।

क्यालिफोर्नियाकी मजिस्ट्रेट जज लउरेल बिलरले एक फैसला जारी गर्दै ह्वाइट हाउसले एपमाथि प्रतिबन्ध लगाउन दिएको आदेश असंवैधानिक भएको उल्लेख गरेकी छन् ।

फैसलामा प्रयोगकर्ताहरूको वाक स्वतन्त्रताको अधिकार हनन हुने र कानूनअनुसार सबैलाई समान संरक्षणको अधिकार भएको उल्लेख छ ।

उनले सरकारको आदेशले अमेरिकी संविधानको पहिलो संशोधनले प्रदान गरेको वाक स्वतन्त्रताको अधिकारलाई हनन गर्ने उल्लेख गरेकी छन् ।

शुक्रबार मात्रै अमेरिकी वाणिज्य विभागले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै याे एपकाे डाउनलाेड राेक्न आदेश दिएको थियो।

तर वीच्याट र चिनियाँ सरकार दुवैले अमेरिकी दाबीकाे खण्डन गर्दै आएको छ ।

अमेरिकामा वीच्याटका मासिक सक्रिया प्रयाेगकर्ता ३.३ मिलियनभन्दा बढी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०