close

प्रयोगकर्ताको क्यामेराबाट निगरानी गरेको आरोपमा इन्स्टाग्राममाथि मुद्दा

टेकपाना टेकपाना

असोज ५, २०७७ १७:५३

प्रयोगकर्ताको क्यामेराबाट निगरानी गरेको आरोपमा इन्स्टाग्राममाथि मुद्दा

काठमाडौं । इन्स्टाग्रामले आईफोनको क्यामेराबाट मानिसहरुमाथि निगरानी गरिरहेको आरोपमा सान फ्रान्सिस्कोको जिल्ला अदालतमा मुद्दा दायर भएको छ । गत जुलाईमा फेला परेको एउटा बगसँग इन्स्टाग्रामको हालको यो मामिला जोडिएको बताइएको छ ।

गत जुलाईमा फेसबुकले इन्स्टाग्रामले क्यामेरा प्रयोग नगर्ने भन्दै एपको बचाउ गरेको थियो । तर एप्पलको आईओएस फाेर्टिन सफ्टवयरले इन्स्टाग्रामले आईफोनको क्यामेरा प्रयोग गर्ने संकेत दिएको थियो । 

‘इन्स्टाग्रामले प्रयोगकर्ताको स्मार्टफोन क्यामेरा फिचर निरन्तर एक्सेस गरिरहेको छ । यो एपले बिना अनुमति खुल्ला रुपमा प्रयोगकर्ताको निगरानी गरिरहेको छ,’ जिल्ला अदालतमा दर्ता भएको मुद्दामा भनिएको छ ।

उक्त मुद्दा न्यू जर्सी इन्स्टाग्राम प्रयाेगकर्ता ब्रिट्नी कन्टिडीले इन्स्टाग्राम र उसको अभिभावक कम्पनी फेसबुक विरुद्ध दायर गरेको हो ।

यसरी इन्स्टाग्रामले मानिसहरुको गोप्य समयको पनि निगरानी गर्ने उनीहरुको आरोप छ । 

फेसबुकले उक्त मुद्दालाई लिएर कुनै पनि प्रतिक्रिया दिएको छैन । यसअघि इन्स्टाग्रामले कुनै पनि क्यामेरा प्रयोग नगरेको र केही पनि रेकर्ड नगरेको उसले स्पष्टिकरण दिएको थियो । 

क्यामेरालाई प्रयोगकर्ताहरुले एउटा अत्यावश्यक एपको रुपमा प्रयोग गर्छन्, तर यसमा भएको प्रविधि सामाजिक सञ्जालसँग जोडिँदा यसले छुट्टै जोखिम उत्पन्न गराएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०