close

धेरैले थाहा नपाएका गुगल म्यापका यी ६ नयाँ उपयोगी फिचर

टेकपाना टेकपाना

असोज ६, २०७७ १२:५१

धेरैले थाहा नपाएका गुगल म्यापका यी ६ नयाँ उपयोगी फिचर

काठमाडौं । अधिकांश मानिसहरु गुगल म्यापलाई बाटो पहिल्याउन र लोकेसन पत्ता लगाउन मात्र प्रयोग गर्ने गर्छन् । तर यसका धेरै उपयोगी फिचरहरु मानिसहरुले थाहा पाइरहेका हुँदैनन् । 

उदाहरणका लागि जब तपाईं अन्य मुलुकमा जानुहुन्छ, तब गुगल ट्रान्सलेटले तपाईंले जान चाहेको ठाउँको नामलाई तपाईंको भाषामा अनुवाद गरिदिन्छ ।

यसबाहेक तपाईले विमानस्थलहरुमा म्याप इनडुअर प्रयोग गर्नसक्नुहुन्छ । तपाईलाई थाहा नभएका केही गुगल म्यापका फिचरका बारेमा आज हामी तपाईहरुलाई बताउँदै छौं। 

एन्ड्रोइडसँग प्लस कोड लोकेसन शेयर गर्नुहोस् 

यदि कुनै अन्जान ठाउँमा पुग्नुभयो तर, आफ्नो लोकेसन साथीलाई पठाउनु पर्नेछ भने तपाईंले एउटा नयाँ गुगल म्याप फिचर प्रयोग गर्नसक्नुहुन्छ । यसका लागि तपाईंले एन्ड्रोइड फोन प्रयोग गर्नुपर्छ ।

यो नयाँ फिचरले तपाईंलाई आफ्नो साथीलाई ६ डिजिट कोड लोकेसन शेयर गर्न दिन्छ । यसलाई प्रयोग गर्न तपाईंले गुगल म्याप एप खोल्नुहोस् । त्यसपछि तपाई भएको ठाउँलाई देखाउने निलो थोप्लोमा ट्याप गर्नुहोस् ।

तपाईको स्क्रिनको टप डिस्प्लेमा ६ डिजिटको कोड देखा पर्दछ । त्यसलाई अब आफ्नो परिवार र साथीभाईसँग शेयर गर्नुहोस् । 

ठाउँको नाम र ठेगानालाई अनुवाद गर्नुहोस् 

यदि तपाईं अन्तराष्ट्रिय यात्रामा जाँदै हुनुहुन्छ, तर त्यो देशको भाषा बुझ्नुहुँदैन भने गुगल म्याप तपाईंको सेवामा हाजिर हुनेछ ।

ती देशको स्वदेशी भाषामा भएका नामहरुलाई गुगल म्यापको यो फिचरले तपाईंले बुझ्ने भाषामा पढेर सुनाउने छ ताकि तपाई त्यो ठाउँमा जान सक्नुहोस् । 

यो ल्याङग्वेज टुल प्रयोग गर्न तपाईंले चाहेको ठाउँमा जानुहोस् र त्यसलाई ट्याप गर्नुहोस् । त्यो ठाउँको नाम छेउमा एउटा स्पिकरको आइकन देख्नुहुनेछ ।

त्यसालई ट्याप गरिसकेपछि त्यो शब्दलाई कसरी उच्चारण गर्ने भनेर सिक्न सक्नुहुन्छ । यति भइसकेपछि तपाई कुनै अनुभवीले जसरी नै यात्रा गर्नसक्नुहुन्छ । 

भेहिकल आइकनलाई कस्टमाइज गर्नुहोस् 

गाडी कुदाउँदै गर्दा एउटा निलो एर्रोलाई हेरिरहन दिक्क लाग्छ । यदि यो निलो आइकन मन परेन भने त्यसलाई तपाईंले गाडीको आइकनको रुपमा पनि परिवर्तन गर्नसक्नुहुन्छ ।

यसका लागि तपाईंले रातो सेडान, हरियो ट्रक वा पहेँलो एसयुभीमा परिवर्तन गर्नसक्नुहुन्छ । तर यो फिचर आइफोनमा मात्र एक्टिभेट छ । 

अर्डर फुड

कतिपय रेस्टुरेन्टहरुले गुगल म्याप एपमा पनि आफ्नो सेवालाई इन्टिग्रेट गरेका हुन्छन् । 

गुगल म्याप एप खोल्नुहोस् र त्यस्तो सेवामा सहभागी भएको रेस्टुरेन्टको अर्डर अनलाइनमा ट्याप गर्नुहोस् । त्यहाँ डेलिभरी चयन गर्नुहोस् । अब तपाईंको खाद्यन्न डेलिभर गर्न सर्भिस पिक गर्नुहोस् । 

अब तपाईंलाई के खान मन छ, त्यसलाई कार्टमा एड गर्नुहोस् । प्रक्रिया सम्पन्न गरिसकेपछि अब चेकआउट सेलेक्ट गर्नुहोस् । पेमेन्ट डिटेल त्यसमा राखिदिनुहोस् र प्लेस योर अर्डर ट्याप गर्नुहोस् । 

दुरी नाप्नुहोस् 

यदि तपाईं दुई ठाउँको दंरी नाप्न चाहानुहुन्छ भने गुगल म्यापमा त्यस्तो टुल छ । यो टुललाई मेजर डिस्ट्यान्स भनिन्छ । यसलाई तपाईले आफ्नो फोन र डेस्कटपमा प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाईंलाई फिट वा किलोमिटरमा दुरीको नाप दिन्छ । 

पीसी वा म्याकमा गुगल म्याप ब्राउज गरेर गुगल म्यापको स्टार्टिङ पोइन्टमा दायाँतिर क्लिक गर्नुहोस् । अब मेजर डिस्टेन्स सेलेक्ट गर्नुहोस् र मेजरिङ म्यापमा कन्टिन्यु गर्नुहोस् ।

कन्टिन्यु तबसम्म गर्नुहोस् जबसम्म तपाईंले चाहेको दुरीको सम्पूर्ण क्षेत्र सेलेक्ट गरिसक्नु हुँदैन । 

फोनमा हो भने ड्रप पिन नदेखेसम्म स्टार्टिङ पोइन्टमा प्रेस गरेर होल्ड गरिरहनुहोस् । अब तल रहेको मेनुमा ट्याप गरी मेजर डिस्ट्यान्स सेलेक्ट गर्नुहोस् ।

तपाईले निलो डटको लाइन देख्नुहुनेछ । त्यसलाई चलाउन तपाईंले नाप्न चाहेको दिशातिर स्क्रिनभरी औंला तान्नुहोस् । तपाई रोक्किन चाहेको ठाउँमा पुगिसकेपछि एड पोइन्टमा ट्याप गर्नुहोस् ।

निलो लाइनको एउटा नयाँ सेट देखा पर्दछ । अब त्यो सबै क्षेत्र नपिन्जलसम्म तपाईले यो स्टेपलाई दोहोर्‍याउन सक्नुहुन्छ । 

म्याप इन्डोर प्रयोग गर्नुहोस् 

ठूला विमानस्थलमा तपाईंले आफ्नो बाटो पहिल्याउन नसक्नुहोला । तर गुगल म्यापले तपाईंलाई विमानस्थलभित्रका त्यस्ता अपरिचित टर्मिनलहरुमा सहयोग गर्नेछ ।

यसले तपाईंलाई नजिकको गेट, रेस्टुरेन्ट, पसल, लन्ज र त्यो क्षेत्रका अन्य ठाउँहरु पनि देखाइदिन्छ । 

यसका लागि तपाईंले गुगल म्यापमा खोजिरहेको टर्मिनल सर्च गर्नुहोस् । त्यहाँ जूम इन र जूम आउट गर्नसक्नुहुन्छ ।

विभिन्न फ्लोर देख्नसक्नुहुन्छ र फ्लोरमा ट्याप गरेर त्यहाँ स्विच गर्नसक्नुहुन्छ । यो फिचर अन्य ठूला मल र भेन्युहरुमा पनि प्रयोग गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०