close

आफ्नो फोन हराउँदा वा फेर्दा, यसरी मेटाउनुहोस् आफ्नो डेटा

टेकपाना टेकपाना

असोज ६, २०७७ २१:४५

आफ्नो फोन हराउँदा वा फेर्दा, यसरी मेटाउनुहोस् आफ्नो डेटा

काठमाडौं । दशैं तिहार नजिकिँदैछ । यही मेसोमा नयाँ फोन किन्ने तयारीमा हुनुहुन्छ होला । नयाँ फोन किन्दा प्रयोग भइरहेको पुरानो फोन अरु कसैलाई दिने वा साटफेर गर्ने विचार गर्नु भएको हुनसक्छ । यस्तोमा तपाईंले आफ्नो फोनलाई फर्म्याट गराउन भने बिर्सिनु हुन्न ।

यदि तपाईंले आफ्नो पुरानो फोन कसैलाई दिनुभएको छ वा बिक्री गरिसक्नु भएको छ भने पनि त्यसमा भएको डेटा डिलिट गर्न जरुरी छ । तर फोन नजिक छैन भने के गर्ने ?

चिन्ता नगर्नुहोस्, फोन साथमा नहुँदा पनि तपाईंसँग त्यसमा रहेको आफ्नो डेटा डिलिट गर्न सकिने केही विकल्प हुनसक्छ ।

आज हामी त्यसैको बारेमा बताउँदै छौं । यो टिप्स तपाईंलाई फोन हराउँदा वा चोरी हुँदा पनि काम लाग्न सक्छ । फोनको डेटा अनलाइनसँगै अफलाइनमा हुँदा समेत डिलिट गर्न सकिन्छ ।

अफलाइनमा

यो प्रक्रया अपनाउन फोन तपाईंकै साथमा हुन्छ । यस्तोमा फोनमा भएको डेटाको ब्याकअप राख्नु एकदमै जरुरी हुन्छ ।

यदि तपाईंको फोनमा फोटो, भिडियो, म्युजिक, डकुमेन्ट वा अन्य किसिमका डेटा छन् भने सबैभन्दा पहिला त्यसलाई एक्स्टर्नल मेमोरि वा ल्यापटपमा सेभ गर्नुहोस् ।

साथै फोनको कन्टेन्ट गुगलमा सिंक गराउन पनि नबिर्सिनुहोस् । जब तपाईंको फोनमा रहेको डेटाको ब्याकअप तयार हुन्छ, त्यसपछि फोन फर्म्याटको यो प्रक्रिया अपनाउनुहोस् । सबैभन्दा पहिला आफ्नो फोनको सेटिङलाई खोल्नुहोस् ।

त्यहाँ सेक्युरिटीभित्र रहेको ब्याकअप एण्ड रिसेटको विकल्पमा छान्नुहोस् । तपाईंको फोनमा यो विकल्प फरक स्थानमा पनि हुनसक्छ । यो विकल्पमा प्रवेश गरिसकेपछि तपाईंलाई इरेज अल डेटा वा फ्याक्ट्री रिसेटमा जानुपर्ने हुन्छ।

यो अप्सन छान्ने वित्तिकै तपाईंले आफ्नो फोनको पासवर्ड राख्नुपर्ने हुन्छ । त्यससँगै तपाईंको फोनमा रहेका डेटा डिलिट हुने प्रक्रिया सुरु हुन्छ ।

यसमा केही समय लाग्न सक्छ । फोन अन भएपछि एकपटक पुनः यो प्रक्रियालाई दोहोर्‍याउनुहोस् ।

अनलाइनमा

तपाईं आफ्नो फोनमा रहेको डेटा अनलाइनबाट समेत डिलिट गर्न सक्नुहुन्छ । यो प्रक्रियाबाट तपाईं आफूबाट टाढा रहेको फोनको समेत डेटा डिलिट गर्न सक्नुहुन्छ । यो उपाय तपाईंलाई जब फोन चोरी हुन्छ वा हराउँछ, त्यस बखत अझ धेरै उपयोगी हुनसक्छ ।

यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्ः

त्यसका लागि सुरुमा यहाँ क्लिक गर्नुहोस् । यसमा अब तपाईंको पुरानो फोनमा लगईन भएको जिमेल आईडी लगईन गर्नुहोस् । अब तपाईंले प्ले साउण्ड, सेक्योर डिभाइस र इरेज डिभाइस गरी तीन वटा विकल्प देख्न सक्नुहुनेछ ।

फोनमा रहेको डेटा डिलिट गर्नका लागि तपाईंले इरेज डिभाइसमा दबाउनुहोस् । त्यसमा पुनः इरेज डिभाइसमा क्लिक गर्नुहोस् र आफ्नो जिमेलको पासवर्ड राख्नुहोस् । यो प्रक्रियाबाट तपाईंको पुरानो फोन इन्टरनेट कनेक्सनमा आउँदा मात्रै डेटा डिलिट हुने गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०