close

एउटा थोत्रो टिभीका कारण पुरै गाउँ १८ महिनासम्म इन्टरनेट विहीन !

टेकपाना टेकपाना

असोज ७, २०७७ १५:१९

एउटा थोत्रो टिभीका कारण पुरै गाउँ १८ महिनासम्म इन्टरनेट विहीन !

काठमाडौं । बेलायतकाे वेल्सस्थित एबरहोसनको पुरै गाउँमा सधैं विहान सात बजेपछि ब्राेडब्यान्ड इन्टरनेट ब्रोडब्याण्ड कनेक्सन आफै जान थाल्याे । विगत १८ महिनादेखि यस्तो आश्चर्य जारी रहँदा सबैतिर खैलाबैला हुन थाल्याे ।

यो कसरी भयो कसैलाई थाहा छैन । तर अहिलेसम्म थाहा पाइएअनुसार यो गतिविधिको दोष एउटा पुरानो टेलिभिजन सेटलाई मानिएको छ । 

यो समस्यालाई समाधान गर्नलाई धेरै पटक केबल परिवर्तन गरियो । काम लाग्न सकेन । तर ओपनरिच प्राविधिकहरुले गरेको एउटा अनुसन्धानमा एबरहोसन गाउँकै एकजना बासिन्दाको टेलिभिजनका कारण यस्तो समस्या उत्पन्न भइरहेको पत्ता लगाए ।

बीबीसीमा प्रकाशित खबर अनुसार त्यस टिभीले एक किसिमको सिग्नल उत्सर्जन गर्दथ्यो, जसले पुरै गाउँको ब्रोडब्याण्ड पूर्वाधारलाई अवरुद्ध बनाउँथ्यो । 

कनेक्सन ल्याप्स भइरहेपछि अवरोधको कारण पत्ता लगाउन प्राविधिकहरुले निरीक्षण गर्ने उपकरण प्रयोग गरेका थिए ।

उक्त उपकरणले त्यो पुरानो टिभी भएको घरतिर अवरोध स्रोतको संकेत गरेको थियो । आफ्नो उपकरणमा खोट भएको थाहा पाएपछि घरमुलीले उक्त सेट अबबाट प्रयोग नगर्ने बाचा गरे । 

अब सात बजे नै इन्टरनेट कनेक्सन किन टुट्थ्यो भन्ने प्रश्नको पनि हल एबरहोसन बासीहरुले पाए । घरमुलीलले प्रत्येक बिहान टिभी खाेल्ने हुँदा त्यसले नै गाउँको ब्रोडब्याण्डलाई असर पुर्‍याएको थियो । 

तर अन्य बासिन्दालाई भने यही कुरा थाहा पाउन १८ महिना लाग्यो । टिभी सेटलाई पत्ता लगाइसकेपछि अहिले इन्टरनेट समस्या पुन: दोहोरिएको छैन । 

उक्त समस्याको पहिचानपछि मानिसहरुलाई प्रमाणपत्र प्राप्त तथा ब्रिटिस स्ट्याण्डर्डलाई पुरा गरेको विद्युतीय सामाग्री मात्र प्रयोग गर्न सल्लाह दिएको ‌‌ओपनरिचका इन्जिनियर माइकल जोनसले बीबीसीलाई बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०