close

गुगलले नेपालमा सुरु गर्‍यो आरसीएस म्यासेजिङ एप, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

असोज ९, २०७७ १९:४५

गुगलले नेपालमा सुरु गर्‍यो आरसीएस म्यासेजिङ एप, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । गुगलले नेपालमा आरसीएस अर्थात् रिच कम्युनिकेसन सर्भिस म्यासेजिङ एप सार्वजनिक गरेको छ । आरसीएस म्यासेजिङ एसएमएस, एमएमएस पठाउन सक्ने क्षमताको च्याट एप्लिकेसन हाे

अत्याधुनिक म्यासेजिङ विकल्पसहित एसएमएस प्रयोगकर्ताहरुको अनुभवमा नयाँपन दिने कम्पनीले जनाएकाे छ । याे किसिमकाे म्यासेजिङ सिस्टमलाई मोबाइल सञ्चारको भविष्यको रुपमा हेरिएकाे छ ।

हाल उपलब्ध एप्लिकेसन नेपालका लागि प्ले स्टोरमा राखिएको गुगलको बेटा भर्सन एप हो । सबैभन्दा पहिले प्रयोगकर्ताहरुले एपलाई डाउनलोड गरी केही सेटिङलाई आफैं चेक गर्नुपर्दछ ।

यो म्यासेजिङ एप नेपालका दुवै ठूला मोबाइल अपरेटरको नम्बरमा चल्छ । तर गुगलको आरसीएस म्यासेजिङ प्रणाली मोबाइल अपरेटरसँग निर्भर हुँदैन । तर विश्वका कुनै कुनै टेलिकम कम्पनीले एड्भान्स म्यासेजिङ प्रोटोकललाई सपोर्ट गर्दछ ।

आरसीएस के हो  ?

रिच कम्युनिकेस स्यूट एउटा एड्भान्स म्यासेजिङ प्रोटोकल हो । यसले तपाईंको फोनको डिफल्ट म्यासेजिङ एपमा इन्स्ट्यान्ट म्यासेजिङ फिचर इनेबल गर्दछ । तपाईंले वाईफाई वा डेटाको मद्दतबाट च्याट गर्नसक्नुहुन्छ, राम्रो क्वालिटीको भिडियो, तस्वीर र अन्य अट्याचमेन्ट शेयर गर्न मिल्छ । 

आरसीएस तपाईंको लिगेसी म्यासेजिङ एपको विकल्प भने होइन । तर यो अहिले भाईबर, ह्वाट्सएप, फेसबुक म्यासेन्जर जस्ता धेरै इन्स्ट्यान्ट म्यासेजिङ एपको लागि खतरा बनेको छ । 

गुगलले आफ्नो म्यासेज एपमा एसएमएस, एमएमएस र आरसीएस च्याट फिचरलाई इनेबल गरेको छ । यसका लागि उसले जिब क्लाउड (गुगलले होस्ट गरेको पूर्वाधार) को प्रयोग गरेको छ । 

गुगलको आरसीएस म्यासेजिङलाई फोनमा कसरी इनेबल गर्ने ?

स्टक तथा प्योर एन्ड्रोइड फोनमा प्रयोगकर्ताहरुले यो म्यासेज एप प्रयोग गर्छन् । यो एप डिफल्ट म्यासेजिङ एपको अपडेटको रुपमा आउँछ ।

यद्यपि यदि तपाईंले गुगल म्यासेज एप इन्स्टल गरिसक्नु भएको छ भने यसमा नयाँ अपडेट मात्र गर्दा पनि हुन्छ । तर तपाईंले आफ्नो फोनमा गुगल म्यासेज एपलाई डिफल्ट म्यासेजिङ एप्लिकेसन बनाउनु पर्दछ । 

कुनै कुनै स्मार्टफोनमा कम्पनीको आफ्नै म्यासेजिङ एप छ भने उसले गुगल प्ले स्टोरबाट म्यासेज इन्स्टल गर्नुपर्दछ । कुनै कुनै डिभाइसमा भने फोनमा च्याट फिचर इनेबल गर्न पप देखापर्दछ ।

एपलाई इन्स्टल र अपडेट गरिसकेपछि तपाईंले सबैभन्दा पहिले म्यासेजलाई डिफल्ट म्यासेजिङ एप्लिकेसन बनाउनु पर्दछ । यसपछि सेटिङमा जानुहोस् । अनि जनरल हुँदै च्याट फिचरमा गएर च्याट फिचर इनेबल गर्नुपर्दछ । 

त्यसमा तपाईंले आफ्नो फोन नम्बरलाई प्रमाणित गर्नुपर्दछ । फोन नम्बर इन्टर गरिसकेपछि नम्बर प्रमाणित हुन केही समय लाग्छ । प्रमाणीकरण पुरा भइसकेपछि तपाईं जब इन्टरनेटमा कनेक्ट हुनुहुन्छ, तब तपाईंको स्टाटस कनेक्टेड देखिन्छ । 

तर फोनको डिफल्ट म्यासेज एपको सेवालाई सजिलै आफ्नो हातमा लिन सक्ने किसिमका यस्ता एड्भान्स एपले समस्याग्रस्त टेलिकम कम्पनीहरुको फाइदा र आम्दानीलाई अझ धेरै दबाबमा पार्ने देखिन्छ । 

आरसीएस फिचरले अहिलेका लागि सबै डिभाइसलाई  सपोर्ट गर्दैन । यसलाई तपाईंले पुन: चेक गर्नसक्नुहुन्छ । यसका लागि सेटिङमा गएर जनरलमा गएर च्याट फिचरमा जानुहोस् । तपाईको डिभाइसमा च्याट फिचर उपलब्ध छ कि छैन तपाईले थाहा पाउनुहुन्छ । 

तपाईंले म्यासेज एप डाउनलोड गर्न सकेपनि यो फिचर कुनै कुनै चिनियाँ ह्याण्डसेटमा उपलब्ध छैन । यदि आरसीएस तपाईंको डिभाइसमा इनेबल भयो भने आरसीएसले दिने फिचरहरु आफैं सिक्न सक्नुहुन्छ । 

गुगल आरसीएस म्यासेज एपका फिचरहरु 

गुगलको आरसीएस म्यासेज एपमा धेरै फिचरहरु छन् । 

१. इन्टरनेट र गुगलको आफ्नो सर्भरबाट म्यासेज पठाउँदा तपाईंलाई नियमित म्यासेजिङ शुल्क आवश्यक पर्दैन । यसले तपाईंको मोबाइल ब्यालेन्स बचत गर्दछ ।

२. फाइल, स्टिकर, लोकेसन, ठूला फोटो, भिडियो र अडियो जस्ता मल्टिमिडिया म्यासेजलाई सजिलै पठाउन सकिन्छ । 

३. स्मार्ट रिप्लाई। एआई अल्गोरिदमको सहयोगले तपाईंलाई रिप्लाईका लागि यो एपले नै सुझाव दिन्छ । 

४. अन्तरक्रियात्मक सञ्चार । यसमा तपाईले रिसिभरले म्यासेज सिन गरेको, टाइपिङ गरिरहेको इन्डिकेटर देख्न सक्नुहुन्छ ।

५. ग्रुप च्याट । यसमा तपाईले ग्रुप च्याट पनि सुरु गरेर मल्टिमिडिया तथा टेक्स्टहरु आदानप्रदान गर्नसक्नुहुन्छ । 

६. वाईफाई र डेटा दुवैबाट म्यासेज आदानप्रदान गर्नसक्नुहुन्छ । तपाईंले वाइफाईबाट मात्र पनि म्यासेज वा मल्टिमिडिया सेन्ड गर्ने अप्सनमा स्विच गर्नसक्नुहुन्छ । मोबाइल डेटाले तपाईंको फोनको ब्यालेन्सबाट डेटा लिने हुँदा कतिपयले मोबाइल डेटाको प्रयोग रोक्न सक्छन् । 

७. कम्प्युटरबाट पनि म्यासेज आदानप्रदान गर्न सकिन्छ । तपाईंले परम्परागत एसएमएस र एमएमएस जस्तै गरी कम्प्युटरको वेब ब्राउजरमा म्यासेज एप खोलेर म्यासेज सेन्ड गर्न सक्नुहुन्छ । यसमा भने क्यूआर कोडको फिचर छ । जसले तपाईंको मोबाइल र कम्प्युटरलाई जोड्दछ । 

नेपालमा आरसीएस

नेपालमा आरसीएस म्यासेजको आगमन एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि निकै खुशीको कुरा हो । यो परम्परागत एसएमएस वा इन्स्ट्यान्ट म्यासेजिङ एपको लागि राम्रो विकल्प बन्न सक्छ ।

यो एप्पलको आइम्यासेज र साओमीको एमआइ म्यासेज जस्ता क्लाउड म्यासेजिङ सर्भिसले सरह काम गर्दछ ।

आरसीएस फिचर उपलब्ध विश्वका हरेक कुनामा रहेका एन्ड्रोइड प्रयोगकर्तासँग तपाईले यसको माध्यमबाट कुराकानी गर्नसक्नुहुन्छ ।

स्राेत : नेपाली टेलिकम

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०