close

भाग २ः वेब डेभलपर कसरी बन्ने ?

विनय घिमिरे विनय घिमिरे

असोज ९, २०७७ १९:४६

भाग २ः वेब डेभलपर कसरी बन्ने ?

काठमाडौं । आजको हाम्रो विषय विशेषगरी फ्रन्ट ईण्ड डेभलपमेन्टमा केन्द्रीत छ । तर यो विषय सुरु गर्नु अघि तपाईंले वेब होस्टिङ के हो भन्ने कुरा बुझ्नु पर्दछ । 

वेब होस्टिङ भनेको तपाईंले लेखेका कुनै पनि सामग्रीहरु सर्भर (रिमोट कम्प्युटर) मा राखेर ती सामग्रीलाई विश्वभर उपलब्ध गराउने (युनिफर्म रिसोर्स लोकेटर) एड्रेस दिने प्रक्रिया हो ।

धेरै मानिसकहरु वेब डेभलपमेन्टको प्रक्रियाबारे दुविधामा हुने भएकाले तपाईंले सबैभन्दा अगाडि यी आधारभूत कुराहरु बुझ्न जरुरी छ । 

चाहे त्यो ब्याक इण्ड होस् वा फ्रन्ट इण्ड, डेभलपर भइसकेपछि तपाईंको कम्प्युटरमा तपाईं आफैले सबै कोडहरु लेख्नुपर्दछ । यदि आफ्नो कन्टेन्ट विश्वभर उपलब्ध हुने किसिमको बनाउने हो भने तपाईंलाई आफ्नो कन्टेन्ट होस्ट गर्न एउटा शक्तिशाली कम्प्युटरको आवश्यक पर्दछ ।

अहिलेका लागि तपाईं होस्टिङ शब्दसँग परिचित हुनुहोस्, यो के हो भनेर तपाईंले अहिले नै थाहा पाउनु पर्दैन । 

फ्रन्ट इण्डसँग परिचित हुनुहोस् 

यदि तपाईं वेब डेभलपर बन्न चाहनुहुन्छ भने सबै भन्दा पहिले फ्रन्ट इण्डको बारेमा सिक्नु पर्ने हुन्छ । वेब डेभलपमेन्टको प्रक्रियामा तपाईंले सबैभन्दा सजिलैसँग सिक्न सक्ने कुरा भनेको एचटीएमएल नै हो । 

यसका लागि तपाईंलाई कुनै हाई पर्फमेन्स कम्प्युटर, प्रोसेसर धेरै खपत र अतिरिक्त कम्प्युटरको सीप चाहिने ह्याभी सफ्टवेयरको खाँचो पर्दैन । एचटीएमएल भनेको एकदमै लाइट वेट मेकअप ल्याङग्वेज हो ।

जुन वेब ब्राउजरमा सजिलै रन हुनसक्छ । सीएसएसले कन्टेन्टलाई व्यवस्थित गर्न र जाभा स्क्रिप्टले कन्टेन्टलाई डाइनामिक (गतिशिल) बनाउन सहयोग गर्दछ । 

यी तीनवटै कुराहरु सिक्न एकदमै सजिलो छ । यसमा सर्भर एप्रोच, प्रोग्रामिङ एप्रोच र डेभलपरबाट कुनै पनि किसिमको सपोर्ट आवश्यकता पर्दैन । 

एचटीएमएलसँग परिचित हुनुहोस् 

एचटीएमएलको अर्थ हाइपर टेक्स्ट मेकअप ल्याङ्ग्वेज हो । अहिले बजारमा प्रयोग भइरहेको एचटीएमएलको नयाँ भर्सन भनेको एचटीएमएल फाइभ हो । 

अघिल्ला भर्सनहरुको तुलनामा यसले धेरै कुरामा सुधार ल्याइदिएको छ । एचटीएमएल फाइलहरु सर्भरबाट तपाईंको कम्प्युटरमा चाँडै यात्रा गर्न सक्छ ।

हामीले सबैभन्दा पहिले एचटीएमएल बारे पढ्नु पर्दछ । किनभने तपाईंले ब्राउजरमा देख्ने जति पनि सामग्री, तपाईंले भिजिट गर्ने जति पनि वेबसाइट छन्, यी सबै कुरा एचटीएमएल, सीएसएस र जाभा स्क्रिप्ट प्रयोग गरेरै देखिने (डिस्प्ले हुने) गर्दछन् ।

तर एचटीएमएलमा कन्टेन्टहरु मात्र राम्रो नदेखिने हुँदा सीएसएस पनि तस्वीरमा आउने गर्दछ ।एचटीएमएलले विभिन्न प्रयोजनका लागि विभिन्न किसिमका ट्यागहरु प्रदान गर्दछ ।

यी ट्यागहरु लेस देन <एण्ड ग्रेटर देन> सिम्बोल, उदाहरण <html>, <head>,<body>. ट्यागलाई सिंगुलर र पेयर ट्याग गरेर दुई वर्गमा विभाजन गर्न सकिन्छ । सिंगुलर ट्यागमा क्लोजिङ ट्याग हुँदैन । 

उदाहरणका लागि <hr/>, <img> आदी । पेयर ट्यागमा भने क्लोजिङ ट्याग हुन्छ र हामी त्यो ट्यागभित्र केही कन्टेन्ट लेख्छौं । <p> यो प्याराग्राफ ट्याग हो । उदाहरणका लागि  <html>, </html>, <head></head>, <body></bod>, <table></table>, <form></form>, <tr></tr>, <td></td> पनि ट्याग नै हुन् । 

यदि तपाईंलाई अप्ठ्यारो लाग्यो भने चिन्ता नलिनुहोस् । हामी तपाईंका लागि अझ अन्य धेरै ट्युटोरियल लिएर आउने नै छौं ।

अहिलेको हाम्रो आर्टिकलको उद्देश्य भनेको चाहिँ तपाईंलाई वेब डेभलपमेन्टका विभिन्न शब्दावलीहरुसँग परिचित गराउनु हो । ता कि वेब डेभलपमेन्ट प्रक्रिया तपाईंका लागि सजिलो बन्न सकोस् । 

एचटीएमएल कोड कहाँ लेख्ने? 

सामान्यतया आजभोलि हरेक अपरेटिङ सिस्टमसँग इन ब्यूल्ट एडिटर आउने गर्दछ । उदाहरणका लागि माइक्रोसफ्ट विण्डोमा नोटप्याड र म्याकमा टेस्ट एडिट छ ।

तर अन्य थर्ड पार्टी एडिटर पनि उपलब्ध छन् । जुन निःशुल्क उपलब्ध छन् । थर्ड पार्टी टेक्स्ट एडिटरहरु स्मार्ट हुन्छन् र यी एडिटरले ट्यागलाई अटो कम्प्लिट गरेर हाम्रो पर्फमेन्सलाई बढाइदिन्छन् ।

साथै ट्याग र एट्रिब्युटलाई विभिन्न रंगहरुमा डिस्प्ले गरेर बिल्डिङ प्रक्रियालाई पनि सजिलो बनाइदिन्छन् । सबलाइम टेक्स्ट, नोटप्याड प्लस प्लस, एटोम आदी त्यस्ता केही थर्ड पार्टी टेक्स्ट एडिटर हुन् । 

तपाईंको कम्प्युटरमा एचटीएमएल रन गर्नुहोस् 

तपाईंलाई आफ्नो कम्प्युटरमा एउटा मात्र ब्राउजरको आवश्यकता पर्दछ । जुनसुकै ब्राउजर खोलेर एचटीएमएल प्रयोग गरेर फाइल सेभ गर्नुहोस् । तपाईंले ट्यागबिना कन्टेन्ट हेर्नुपर्ने हुन्छ ।

ब्राउजरले ट्याग पढ्छ र ट्यागको प्रयोजन अनुसार ट्यागको कन्टेन्टलाई डिस्प्ले गर्दछ । उदाहरणका लागि यदि तपाईं <h1></h1> ट्याग प्रयोग गर्नुहुन्छ भने तपाईंले ठूलो साइजका फन्टहरु देख्न सक्नुहुन्छ ।

तर यदि तपाईंले <h6></h6> प्रयोग गर्नु भयो भने तपाईंले सानो फन्ट देख्नुहुनेछ । तपाईंले विभिन्न किसिमका ट्यागहरु पढ्नुपर्नेछ र तपाईंको वेबसाइटको आवश्यकता र डिजाइन अनुसार ती ट्यागहरुलाई प्रयोग गर्नुपर्ने हुन्छ । 

सीएसएस के हो ?

सीएसएस भनेको क्यासकेडिङ स्टाइल सिट हो । अहिले बजारमा उपलब्ध यसको पछिल्लो भर्नस भनेको सीएसएस थ्री हो । सीएसएसले एचटीएमएलको कन्टेन्टलाई सुन्दर बनाउँछ र यसलाई मार्जिन, प्याडिङ, अलाइन, साइज, ब्याकग्राउण्ड, रङ्ग, आदि जस्ता कन्टेन्ट  म्यानेजिङका लागि राम्रो अप्सन प्रदान गर्दछ ।

यसले वेब डेभलपमेन्ट प्रक्रियामा धेरै समय बचत गराउँछ । एचटीएमएल कन्टेन्टमा सीएसएस अप्लाइ गर्न सबैभन्दा पहिले तपाईंले कुनै निश्चित एचटीएमएल सेक्सन  खोज्नु पर्छ । त्यस्तो विशेष सेक्सन खोज्न हामी सेलेक्टरको प्रयोग गर्दछौं । ती सेलेक्टरका प्रकारहरु निम्न छन् । 

१. सिम्पल सेलेक्टर (नाम, आईडी, क्लास) 

२. कम्बिनेटर सेलेक्टर (उनीहरुबीचको विशेष रिएक्सनशिपमा आधारित हुन्छ) 

३. सिउडो क्लास सेलेक्टर

४. सिउडो एलिमेन्ट्स सेलेक्टर 

५. एट्रिब्यूट सेलेक्टर

एचटीएमएल फाइलमा सीएसएसलाई तीन तरिकाले अप्लाई गर्न सकिन्छ । सबैभन्दा पहिलो भनेको एक्सटर्नल सीएसएस हो । दोस्रो भनेको इन्टरनल सीएसएस हो र तेस्रो भनेको इन लाइन सीएसएस हो । 

यी सबैसँग परिचित हुनुहोस् 

एक्सटर्नल सीएसएस भनेको सीएसएस कार्यान्वयनको तरिका हो । जहाँ हामी छुट्टै सीएसएस फाइल लेख्छौं (एक्सटेन्सन सीएसएस हो) र त्यसलाई एचटीएमएल फाइलमा बाटो दिन्छौं । 

त्यसले हामीलाई एचटीएमएल र सीएसएस छुट्टाछुट्टै लेख्न सहयोग गर्दछ । एक पेजमा मात्र हामीले सीएसएस लेख्दा यो सहयोगी हुन्छ । इनलाइन सीएसएस भनेको चहिँ एट्रिब्युटको रुपमा ट्यागभित्र सीएसएस लेख्नु हो ।

सीएसएसमा सीएसएस बक्स मोडलसँग आफूलाई परिचित गराउनुहोस् र यो नै काम गर्ने तरिका हो । हामीले एउटै एचटीएमएल पेजमा धेरैवटा सीएसएस फाइल लेख्न सक्छौं वा हामीले धेरैवटा एचटीएमएल फाइलका लागि सिंगल फाइल पनि लेख्न सक्छौं । 

अधिकांश समय कम्पनीहरुले अन्य किसिमका रङ्गको प्रतिनिधिहरुसँग प्रयोग गर्छन् । सबै वेबपेजहरुमा त्यही रङ्ग समायोजन प्रयोग गर्न चाहन्छन् ।

यस्तो बेला तपाईंले सीएसएस सिंग्नल फाइलमा लेख्दा राम्रो र त्यसलाई सबै एचटीएमएल फाइलमा कार्यान्वयन गर्नु एकदमै सजिलो र छिटो छ । हामी अर्को आर्टिकलमा टर्म फ्रेमवर्क, सीएसएस फ्रेमवर्क र जाभा स्क्रिप्टका बारेमा कुरा गर्ने छौं ।

भाग १ः वेब डेभलपर कसरी बन्ने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०