close

नछोइकन कल उठाउन मिल्ने ओप्पो एफ१७ प्रो नेपालमा, ५ मिनेट चार्ज गर्दा ४ घण्टाको टकटाइम

टेकपाना टेकपाना

असोज १२, २०७७ १७:३४

नछोइकन कल उठाउन मिल्ने ओप्पो एफ१७ प्रो नेपालमा, ५ मिनेट चार्ज गर्दा ४ घण्टाको टकटाइम

काठमाडौं । चिनियाँ ब्राण्ड ओप्पोले नयाँ स्मार्टफोन ओप्पो एफ१७ प्रो नेपाली बजारमा सार्वजनिक गरेका छ । उत्कृष्ट प्रविधि र आकर्षण डिजाइनका साथ सार्वजनिक गरिएको फोनमा एआईमा आधारित ६ ओटो पोट्रेट क्यामेरा रहेको कम्पनीले उल्लेख गरेकाे छ ।

‘एफ सिरिजको डिजाइन नयाँ पुस्तालाई लक्षित गर्दै गरिएको छ,’ ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नेपाली उपभोक्ता माथि गरिएको अध्ययनका आधारमा एफ१७ प्रोको डिजाइन तयार पारिएको हो ।’

उनले अगाडि भने, ‘यसमार्फत प्रयोगकर्ताले उत्कृष्ट पोट्रेट फोटोको अनुभव लिन सक्नेछन् । त्यसका लागि फोनमा एआईमा आधारित ६ ओटा पोट्रेट क्यामेरा रहेको छ । साथै फोनमा भोक फ्ल्याश चार्जिङ सिस्टम प्रदान गरिएको छ । जसले प्रयोगकर्ताको अपेक्षालाई पुरा गर्नेछ ।’

स्लिक तथा प्रिमियम डिजाइन

७.४८एमएम अल्ट्रा–स्लिक बडी डिजाइनका साथ आएको फोनलाई राउन्ड एड्ज डिजाइन प्रदान गरिएको छ । ६.४३ ईञ्चको डुअल पञ्च–होल डिस्प्लेको प्रयोग गरिएको फोनमा एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ । ९०.७ प्रतिशत स्क्रिन–टू–बडी रेसियो रहेको छ ।

क्यामेरा प्रविधि

एफ१७ प्रो मा एआईमा आधारित ६ ओटा पोट्रेट क्यामेरा रहेको छ । जसले प्रयोगकतालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नेछ । साथै भिडियो स्टेबलाइजेशन फिचर्सपनि उपलब्ध रहेको छ ।

फोन दुई ओटा सेल्फी क्यामेरा रहेको छ । जसले बोके इफेक्ट समेत प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा एआई पोट्रेट कलर प्रदान गरिएको छ । जसले ब्याकग्राउण्ड कलरलाई ब्ल्याक एण्ड ह्वाइट मार्फत म्यूट गराई तस्विरमा रहेका ब्यक्ति वा विषयको वास्तविक रंग प्रदान गर्ने कम्पनीको दावी छ ।

त्यस्तै एआई सुपर क्लियर पोट्रेटले आँखीभौ लगायत साना साना अनुहारका चारित्रिक विशेषतालाई समेत स्पष्ट रुपमा लिन सक्नेछ । साथै एआई ब्यूटीफिकेशन २.० ले प्राकृतिक स्किन टोनलाई अझ बढी प्रभावकारी बनाई साना साना कुराको पनि महत्व झल्काउन मद्धत गर्ने उल्लेख गरिएको छ ।

कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट लिनका लागि एफ१७ प्रोमा एआई नाइट फ्लेर पोट्रेटले लोलाईट–एचडीआर अल्गोरिथम र बोके ईफेक्टको संयुक्त प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

फोनको क्यामेरामा अल्ट्रा स्टिडी भिडियो प्रविधि उपलब्ध गराइएको छ । जसमार्फत प्रयोगकर्ताले स्थिर, स्पष्ट र आकर्षक भिडियो खिच्न सक्नेछन् ।

अन्य फिचर

एन्ड्रोइड इलाभनेमा आधारित कलर ओएसमा चल्ने एफ१७ प्रोमा मिडियाटेक हेलियो पी९५ एआई चिपसेट प्रयोग गरिएको छ । ८ जीबी र्‍याम र १२८ जीबी रोम रहेको फोनमा एयर जेस्चर प्रविधिको प्रयोग गरिएको छ ।

जसको सहायताले फोनकाे स्क्रिनमा नछोइकनै पनि २० देखि ५० सेन्टिमिटर सम्मको दूरीबाट इशारामार्फत कल उठाउन सकिने छ ।

विशेषगरी हात भिजेका वा फोहर भएका अवस्थामा फोन छुँदा स्क्रिनमा हानी पुग्ने सम्भावना हुन्छ, त्याे बेला यो फिचर निकै उपयोगी हुने उल्लेख गरिएको छ ।

एफ१७ प्रोमा ईन्फाइनाइट एड्ज डिजाइन, आर्टिस्टिक वालपेपर्स, ओपोज् स्क्रिन ईमेज ईञ्जिन (ओएसआईई) अल्ट्रा क्लियर भिज्यूअल ईफेक्ट र डार्क मोड लगायत फिचर रहेका छन् । फोनमा उपलब्ध गरिएको नयाँ डार्क मोडले मोबाइलको ब्याट्री खपत ३८ प्रतिशतले कम गर्नेछ ।

प्रयोगकर्ताले र्डाक मोड आफूलाई पायक पर्ने अनुसार आफैंले बनाउन सक्नेछन् । एफ१७ प्रोमा मल्टिटास्किङका लागि क्विक रिटर्न बबल फिचर दिइएको कम्पनीले जनाएको छ । जसमार्फत एक क्लिककै भरमा एप्स तथा स्क्रिन स्विच गर्न सकिने छ ।

त्यसैगरी यसमा रहेको हाई–ब्याण्डविथ डिजिटल कन्टेन्ट प्रोटेक्शन (एचडीसीपी) फिचरमार्फत प्रयोगकर्ताले नेटफ्लिक्स एचडी तथा एमेजन प्राइम भिडियो लगायत भिडियो तथा इन्टरटेनमेन्ट एप्सका कपिराइटेड एचडी शोहरु ठूला स्क्रिनमा हेर्न सक्नेछन् ।

फोनमा ३० वाट भोक फ्ल्याश चार्ज ४.० र्‍यापिड चार्ज प्रविधि प्रयोग गरिएको छ । जसमार्फत ५ मिनेट फोन चार्ज गर्दा ४ घण्टा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फोन जम्मा ३५ मिनेटमा फुल चार्ज हुनेछ ।

बजार उपलब्धता

नेपाली बजारमा ओपो एफ१७ प्रो अक्टोबर १ देखि उपलब्ध हुनेछ । म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दुई भिन्न रंगमा सार्वजनिक हुने फोनको बजार मूल्य ४३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०