close

हेल्थ ट्रयाकिङ सहितको ओप्पो वाच नेपालमा, यस्तो छ विशेषता र मूल्य

टेकपाना टेकपाना

असोज १३, २०७७ ८:३५

हेल्थ ट्रयाकिङ सहितको ओप्पो वाच नेपालमा, यस्तो छ विशेषता र मूल्य

काठमाडौं । ओप्पोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा नयाँ उत्पादन थप गरेको छ । जसअन्तर्गत ओप्पो वाच ४१ एमएम र ४६ एमएम रहेका छन् ।

दुई भेरियन्टमा सार्वजनिक भएको वाच गुगलको वयर ओएसमा आधारित रहेका छन् । जसमा भोक फ्ल्यास चार्जिङ सिस्टम रहेको छ । जसमार्फत तपाईंले गर्ने व्यायाम तथा तपाईंको स्वास्थ्यको ट्रयाक गर्ने उल्लेख गरिएको छ ।

त्यसमध्य ४४ एमएमको ओप्पो वाच ड्युल कर्भ डिस्प्लेका साथ आएको छ भने यो वाच एक पटकको फुल चार्जमा २१ दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।

त्यस्तै ४१ एमएमको ओप्पो वाच एक पटकको चार्जमा १४ दिनसम्म चल्नेछ । जसको मूल्य क्रमशः ३४ हजार ९ सय ९० र २४ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

ओप्पो वाच खरिद गर्न चाहने उपभोक्ताका लागि सेप्टेम्बर २८ देखि ३० सम्म प्रि–बुकिङ खुल्ला गरिएको छ ।

ओप्पो एफ१७ प्रो सार्वजनिक गर्न आयोजित अनलाईन कार्यक्रममार्फत नै यी वाच पनि कम्पनीले सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममार्फत कम्पनीले ओप्पो एन्को डब्लु ५१ एयरवर्ड पनि सार्वजनिक गरेको छ । जसको बजार मूल्य ८ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०