close

लिक भयो आईफोन ट्वेल्भको मूल्य, कुन मोडेलको कति ?

टेकपाना टेकपाना

असोज १७, २०७७ २१:२८

लिक भयो आईफोन ट्वेल्भको मूल्य, कुन मोडेलको कति ?

काठमाडौं । पछिल्लो आफ्नो इभेन्टमा एप्पलले आईफोन ट्वेल्भ सार्वजनिक गर्न सकेन । कोभिड १९ का कारण उत्पादनमा भएको ढिलाई नै नियमित इभेन्टमा आईफोन लञ्च हुन नसकेको हो ।

तर अब आईफोन ट्वेल्भ अक्टुबर १२ मा आयोजना हुने इभेन्टमार्फत सार्वजनिक हुने खबरहरु आइरहेका छन् । यसमा रहने स्पेसिफिकेसन र मूल्य प्रति धेरैजसोको चाँसो देखिन थालेको छ ।

विभिन्न वेबसाइटहरुले फरक फरक किसिमका दाबी गरिरहेका छन् । यस्तैमा एउटा रिपोर्टमा आईफोन ट्वेल्भको मुल्य लिक भएको छ ।

लिकरको रिपोर्टमा आईफोन ट्वेल्भ पाँच वटा भिन्न मोडेलमा सार्वजनिक हुने दाबी समेत गरिएको छ । लिक भएको जानकारी अनुसार ६४ जीबी स्टोरेज भेरियन्टको ५.४ इञ्चको आईफोन ट्वेल्भको मुल्य ७६ हजार ११६ रुपैयाँ हुनेछ ।

यस्तै १२८ जीबी स्टोरेज भेरियन्टको मुल्य ८१ हजार ९८० रुपैयाँ हुनसक्ने दाबी गरिएको छ । त्यसैगरी २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ९४ हजार चार सय रुपैयाँ हुने अनुमान लगाइएको छ ।

सँगसँगै ६.१ इञ्च मोडेलको ६४ जीबी भेरियन्टको मूल्य ८७ हजार ८४५ रुपैयाँ हुनेछ भने १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ९३ हजार ७०९ रुपैयाँ तथा २५६ जीबी भेरियन्टको मूल्य एक लाख ५ हजार ५८२ रुपैयाँ हुनेछ ।

आईफोन ट्वेल्भ प्रोको मूल्यलाई लिएर लिक भएको जानकारी अनुसार ६.१ इञ्चको १२८ जीबी भेरियन्ट स्टोरेजमा आउनेआईफोन ट्वेल्भ प्रोको मूल्य एक लाख १७ हजार १७० रुपैयाँ र २५६ जीबी भेरियन्टको मूल्य एक लाख २८ हजार ८९८ रुपैयाँ छ ।

यस्तै ५१२ जीबी भेरियन्टको आईफोनका लागि एक लाख ५२ हजार ३५५ रुपैयाँ पर्ने बताइएको छ । लिकरका अनुसार आईफोनको टप मोडलको रुपमा आउने १२८ जीबी भेरियन्ट स्टोरेज युक्त आईफोन प्रो म्याक्सको मूल्य एक लाख २८ हजार ८९८ रुपैयाँ हुनेछ भने ५१२ जीबी स्टोरेजयुक्त मोडेलको मूल्य एक लाख ६४ हजार ८५ रुपैयाँरुपैयाँ पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०