close

मुख्य सिस्टम अपग्रेड गर्दै सुबिसु, आज राति सेवा अवरुद्ध हुन सक्ने

टेकपाना टेकपाना

असोज १९, २०७७ १३:२५

मुख्य सिस्टम अपग्रेड गर्दै सुबिसु, आज राति सेवा अवरुद्ध हुन सक्ने

काठमाडौं । मुलुककै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो सिस्टम अपग्रेड गर्ने भएको छ । सिस्टम अपग्रेडका कारण आज मध्य राति एक बजेदेखि ३ बजेको अवधिमा सिस्टम अपग्रेड गर्ने निश्चित भएको हो ।

सिस्टम अपग्रेडको अवधिमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने भन्दै कम्पनीले अग्रीम सूचना जारी गरेको छ । अपग्रेड कार्य सम्पन्न भएलगत्तै पूर्ववत रुपमा सेवा सुचारु हुने जानकारी दिँदै कम्पनीले यसबाट पर्न जाने असुविधा प्रति क्षमायाचना समेत मागेको छ ।

सुबिसुका सीईओ विनय साउदले कम्पनीको मुख्य सिस्टमलाई नै पुरानो लिगेसी सिस्टमबाट नयाँ आईपीभी सिक्स प्रविधिमा लैजाने तयारी स्वरुप यो अपग्रेड गर्न लागिएको बताए ।

‘मेन राउटरको रुपमा रहने बीएनजी (ब्रोडब्याण्ड नेटवर्क गेट वे) मा नै यस किसिमको मेजर अपग्रेड गर्दै छौं,’ उनले भने, ‘यसबाट आउँदो दुई तीन महिनाको अवधिमै हाम्रा कूल ग्राहमध्ये आधाभन्दा बढी आईपीभी सिक्समा लैजाँदै छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०