close

सामसङको फोल्डेबल फोन ग्यालेक्सी जेड फोल्ड टू नेपालमा, स्मार्ट डोकोबाट बुक गर्न सकिने

टेकपाना टेकपाना

असोज १९, २०७७ १८:७

सामसङको फोल्डेबल फोन ग्यालेक्सी जेड फोल्ड टू नेपालमा, स्मार्ट डोकोबाट बुक गर्न सकिने

काठमाडौं । सामसङको बुहप्रतिक्षित स्मार्टफोन सामसङ ग्यालेक्सी जेड फोल्ड टू नेपाली बजारमा भित्रिएको छ । फोल्डेबल स्मार्टफोनको रुपमा अघिल्लो महिनामात्रै विश्व बजारमा सार्वजनिक भएको ग्यालेक्सी जेड फोल्ड टूको बुकिङ नेपालमा खुल्ला गरिएको हो ।

उक्त फोन ई–कमर्स प्लेटफर्म स्मार्टडोकोबाट प्रि–बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । उक्त फोन स्मार्ट डोकोमा दुई लाख ४९ हजार ९९९ रुपैयाँमा बुकिङ गर्न सकिने छ ।

ग्लास स्क्रिनयुक्त उक्त स्मार्टफोन किताब जस्तै फोल्ड गर्न सकिन्छ । फोनमा ह्यान्ड्स फ्री क्यामेरा दिइएको छ, जसको मद्दतले हातले वेभ गरेकै भरमा फोटो खिच्न सकिन्छ ।

स्मार्टडोकोबाट यो फोनको प्रि–बुकिङ गर्दा १९ हजार ९९९ रुपैयाँको सामसङ ग्यालेक्सी बज लाइभ निःशुल्क पाइनेछ । साथै ग्राहकले एक पटकको लागि १२ महिनाभित्र स्क्रिन फुटेमा बीमा पनि प्राप्त गर्नेछन् ।

ग्यालेक्सी जेड फोल्ड टूको प्रि बुकिङका लागि स्मार्टडोकोको वेबसाइटमा जानु वा यहाँ क्लिक गर्न सक्नुहुनेछ । सँगसँगै 9801013311/ 9802002870 मा फोन गरेर समेत बुक गर्न सकिने कम्पनीले जनाएको छ ।

स्मार्ट डोकोका अनुसार प्रि–बुकिङका लागि ग्राहकहरुले पाँच हजार रुपैयाँ सुरुमै भुक्तानी गर्नुपर्नेछ । बाँकी भने ह्यान्डसेट प्राप्त भएपछि भुक्तानी गर्दा हुनेछ ।

‘अघिल्ला वर्षहरुमा सामसङका फोल्डिङ फोनहरु नेपालमा भित्रिएका थिएनन्,’ आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले भने, ‘यो पटक हामीले नेपालमै पहिलो पटक सामसङ ग्यालेक्सी जेड फोल्ड टू स्मार्टफोन स्मार्ट डोकोबाट प्रि–बुकिङ गराउन सफल भएका छौं । यो फोन एकदमै राम्रो र अपग्रेड भर्सनका साथ नेपाली बजारमा उपलब्ध हुनेछ ।’

कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड टूको प्रि बुकिङ असोज २८ गतेसम्म खुल्ला रहनेछ । यो फोनका लागि स्मार्ट डोकोले देशभर निःशूल्क डेलिभरीको सुविधा उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०