close

नेपाली महिला ह्याकरले पत्ता लगाइन् फेसबुकको बग, हात पारिन् साढे ३ लाख रुपैयाँ

टेकपाना टेकपाना

असोज २३, २०७७ १३:४३

नेपाली महिला ह्याकरले पत्ता लगाइन् फेसबुकको बग, हात पारिन् साढे ३ लाख रुपैयाँ

काठमाडौं । नेपालकी एक महिला ह्याकरले फेसबुकको बग (सुरक्षा कमजोरी) पत्ता लगाएकी छन् । काठमाडौंकी २४ वर्षीया प्रभा बस्नेतले फेसबुक र इन्स्टाग्रामसँग सम्बन्धित बग पत्ता लगाएर रिवार्ड स्वरूप तीन हजार डलर (तीन लाख ५३ हजार रूपैयाँ) रकम प्राप्त गरेकी छन् ।

उनले फरक दुई बगका लागि यो रिवार्ड हात पारेकी हुन् । इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको फोटो फेसबुकमा पनि सेयर भएपछि उनले रिपोर्ट गरेकी थिइन् । यो बगलाई कम्पनीले फिक्स्ड गर्दै प्रभालाई एक हजार डलर रिवार्ड दिएको छ ।

‘इन्स्टाग्राममा स्टोरी राख्ने प्रयोगकर्ताको नचहाँदा नचाहँदै फेसबुक अकाउन्टमा पनि फोटो लिक हुने भएपछि मैले रिपोर्ट हालेकी थिएँ,’ उनले भनिन्, ‘इन्स्टाग्राम र फेसबुक अकाउन्ट एकअर्कामा लिंक भएको अवस्थामा अनिच्छा हुँदासमेत फोटो दुवै सोसल मिडियामा शेयर हुँदा गोपनीयतामा असर पर्ने देखिन्छ ।’

त्यसैगरी प्रभाले इन्स्टाग्राम र फेसबुक अकाउन्ट एक अर्कामा लिंक्ड नगर्दा वा डिसेबल गर्दा समेत फेसबुकको डिटेलबाटै इन्स्टाग्राम अकाउन्ट खुलेको भन्दै रिपोर्ट गरेकी थिइन् । त्यो बग पनि फेसबुकले समाधान गरी प्रभालाई २ हजार डलर बग बाउन्टी अमाउन्ट प्रदान गरेको छ ।

‘मैले फेसबुकको पासवर्डबाट इन्स्टाग्राम लगईन नहुने बनाएको थिएँ । तर पनि फेसबुकको डेटेल्डबाटै इन्स्टाग्राम लगईन भइरहेको थियो । डिसेबल्ड गर्दा पनि लगईन भइरहेका कारण ह्याकरले फेसबुक ह्याक गर्दा स्वतः इन्स्टाग्राम पनि ह्याक गर्ने जोखिम भएकाले यो रिपोर्ट गरेकी थिएँ,’ उनले सुनाइन् ।

No description available.

यी दुवै बग सुरक्षाको हिसाबमा गम्भीर भएकै कारण फेसबुकले रिवार्ड गरेकाे उनी बताउँछिन् । ‘सामान्य बग बाउन्टीकाे ५ सय डलरभन्दा धेरै रिवार्ड दिँदैन । त्याेभन्दा माथि रिवार्ड दिनुले फेसबुकले सुरक्षाका दृष्टिले महत्वपूर्ण मानेकाे बुझिन्छ,’ उनले भनिन् ।

उनी अगाडि भन्छिन्, ‘अहिले धेरै जनाको फेसबुक ह्याक भइरहेको छ । ह्याकरले फेसबुक ह्याक गर्दा इन्स्टाग्राम पनि अटोमेटिक ह्याक गर्न पाउँछ । यसकारण याे सिरियस बग नै हाे ।’

बग बाउन्टीमा महिलाकाे सहभागिता नदेख्दा उनी केही दिनअघिसम्म आफ्नो वास्तविक परिचय लुकाइ बग बाउन्टीमा लागिरहेकी थिइन् ।

‘महिला काेही नहुँदा कतिपय ग्रुपहरूमा वास्तविक परिचय लुकाएर सिक्ने र अन्तर्क्रिया गरेकी थिएँ,’ उनले भनिन्, ‘हिजाे बग बाउन्टी हात पारेसँगै आफन्त, साथीहरु सबैले हौसला दिइरहनु भएको छ र वास्तविक परिचय खुलाएकी छु ।’

No description available.

सम्भवत: फेसबुक ह्वाइटह्याट थ्याङस पेजमा सूचिकृत हुने उनी पहिलाे नेपाली महिला ह्याकर बनेकी छन् ।

यसअघि उनका धेरै बग रिपाेर्ट डुप्लिकेट भएकाे भन्दै अस्वीकृत भएका थिए । ‘हरेश खान हुँदो रहेनछ । अन्ततः मैले जुन काम गरिरहेको छु, त्यो राम्रो रहेछ भनेर प्रमाणित भएको छ,’ उनले सुनाइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४