close

‘सगरमाथा ह्याक टु बरफेस्ट’ मा नेपाली ओपनसोर्स सफ्टवेयर ‘जियोसर्भर रेस्ट’ प्रदर्शन

टेकपाना टेकपाना

असोज २५, २०७७ ७:४४

‘सगरमाथा ह्याक टु बरफेस्ट’ मा नेपाली ओपनसोर्स सफ्टवेयर ‘जियोसर्भर रेस्ट’ प्रदर्शन

काठमाडौं । डिजिटल ओसियनले शनिबार ‘सगरमाथा ह्याकटुबरफेस्ट’ नामक अनलाइन अन्तरक्रियात्मक मिटअप सम्पन्न गरेको छ । प्रविधिप्रेमीहरुलाई ओपनसोर्स सफ्टवेयर कल्चरसँग परिचित गराउन आयोजना गरिएको सो कार्यक्रममा नेपाली ओपनसोर्स सफ्टवेयर जियोसर्भर रेस्ट प्रदर्शन गरिएको थियो । 

ओपन सोर्स कल्चरबारे छलफल गर्न आयोजना गरिएको उक्त अन्तराष्ट्रियस्तरको कार्यक्रममा फ्री सफ्टवेयर मुभमेन्टलाई कसरी सहयोग गर्ने तथा कसैलाई ओपन सोर्समा योगदान दिनुपरे कसरी गर्ने भन्ने जस्ता विषयमा वृहत छलफल भएको कार्यक्रम आयोजकमध्येका एक महेश रेग्मीले बताए । 

कार्यक्रममा टेक क्षत्रीको जियोसर्भर रेस्ट नामको ओपन सोर्स सफ्टवेयर प्रदर्शन गरिएको थियो, जसले देशका विभिन्न भूगाेलको तथ्याङ्क प्रदान गर्दछ ।

जूमबाट आयोजना भएको उक्त कार्यक्रममा अन्तराष्ट्रिय वक्ताका रुपमा माइक्रोसफ्ट श्रीलंकाका क्लाउड आर्किटेक्ट सजीथरानले ओपनसोर्ससँग सम्बन्धित विषयमा विचार व्यक्त गरेका थिए । 

यस्तै कार्यक्रममा वक्ता रहेका आशिष यादवले प्रोग्रामिङमा गइरहेको युवाहरुलाई प्रोजेक्ट नलुकाई ओपन सोर्समा जान प्रेरित गरेका थिए । 

कार्यक्रममा उपस्थित सबै सहभागीहरुलाई गिट र गिटहब समेत सिकाइएको थियो । 

कार्यक्रममा समर २०२० एमएलएच फेल्लो रसिका कार्की जर्नी टु एमएलएचको विषयमा स्पिच दिइन् । यस्तै मनिष भट्टराईले गिट क्र्याकेन के हो र यसबाट प्रोडक्टिभीटी कसरी बढाउन सकिन्छ भन्ने विषयमा आफ्नो प्रस्तुति दिएका थिए । 

सरोज दाहालले वेब डेभलपर बन्न चाहानेहरुका लागि सुझाव सहितको प्रस्तुति दिएका थिए भने याङ्की महर्जनले इन्टरनेटमा ‌ओपन सोर्समा कल्चर र बिनित घिमिरेले ह्याकिङका बारेमा प्रस्तुति दिएका थिए । 

कार्यक्रमको बीचमा राखिएका हाजिरी जवाफका प्रश्नका वितेजालाई गिट क्र्याकेनको प्रिमियम लाइसेन्स प्रदान गरिएको रेग्मीले बताए ।

कार्यक्रममा ७८ जनाको उपस्थिति रहेको रेग्मीले जानकारी दिए ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४