close

आफ्नै चिपमा आधारित वर्षकै सस्तो म्याकबुक ल्याउँदै एप्पल

टेकपाना टेकपाना

असोज २८, २०७७ ११:४१

आफ्नै चिपमा आधारित वर्षकै सस्तो म्याकबुक ल्याउँदै एप्पल

काठमाडौं । एप्पलले मंगलबार भर्चुअल इभेन्ट मार्फत आईफोन ट्वेल्भ सिरिजका फोन सार्वजनिक गर्‍यो । तर, यो वर्षका लागि एप्पलको लञ्च इभेन्ट अझै अन्त्य भएको छैन ।

कम्पनीले आउँदो नोभेम्बरमा अर्को कार्यक्रममार्फत नयाँ पोर्टेबल म्याकबुक सार्वजनिक गर्ने तयारी गरेको छ ।

हालसम्मकाे जानकारी अनुसार कम्पनीले नयाँ चिपसेट ‘आर्म चिप्स’ मा आधारित रहेर १२ इन्चकाे ‘एप्पल सिलिकन म्याक‘ नामकाे उक्त प्रडक्ट सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यसअघि कम्पनीले गएको जुलाईमा आयोजना गरेको कार्यक्रम मार्फत इन्टेलको प्रोसेसरको ठाउँमा अब आफ्नै प्रोसेसर आर्म चिप्स प्रयोगमा ल्याउने जनाएको थियो ।

सोही योजना अनुरुप कम्पनीले आउँदो नोभेम्बरमा उक्त चिप्समा आधारित नयाँ म्याक सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

रिपाेर्ट अनुसार याे म्याकबुक वर्षकै सबैभन्दा सस्ताे अर्थात् ७९९ डलर मात्रै हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४