close

विज्ञापनदातालाई ब्राण्ड सुरक्षा दिन टिकटक र ओपन स्लेटबीच साझेदारी

टेकपाना टेकपाना

कात्तिक १, २०७७ १७:१

विज्ञापनदातालाई ब्राण्ड सुरक्षा दिन टिकटक र ओपन स्लेटबीच साझेदारी
काठमाडौं । विश्वभरका ठूला डिजिटल प्लेटफर्मको कन्टेन्ट रेटिङ गर्ने कम्पनी ओपनस्लेट र टिकटकबीच एक साझेदारी भएकाे छ । याे साझेदारीपछि ओपन स्लेट र टिकटकले टिकटक एड्भरटिजमेन्टका लागि थर्ड पार्टीबाट प्रमाणित ब्राण्ड सेफ्टी सोल्युसन प्रदान गर्नेछ । 

टिकटकको भिडियो लेभल ब्राण्ड सेफ्टी सोल्युसनले अब विज्ञापनदातालाई थर्ड पार्टीसँग काम गर्दा उच्च विश्वास र पारदर्शिता प्रदान गर्नेछ ।

टिकटकले ओपन स्लेट रेटिङ प्रि-क्याम्पियनमा आवेदन दिएर हरेक विज्ञापन ब्राण्ड सुरक्षित वातावरणमा डेलिभर गर्ने सुनिश्चित गरेको छ । त्यसपश्चातको परिणामलाई कन्फर्म गर्न भिडियो लेभल रिपोर्टिङ पनि शेयर गर्ने बताएको छ ।

बितेको ८ वर्षमा ओपन स्लेटले आफ्नो ब्राण्ड सेफ्टी र कन्टेन्ट रेटिङ करोडौं भिडियोहरुमा प्रयोग गरिसकेको छ । ओपनस्लेटको रेटिङलाई विश्वका ठूला ठूला विज्ञापनदाताले पनि विश्वास गर्ने गरेका छन् । 

विज्ञापनदाता विज्ञापनका लागि टिकटकको प्लेटफर्मलाई चयन गर्दा उनीहरुको एड राम्रो सामाग्रीसँग आइरहेको छ कि छैन भन्ने कुरामा ओपनस्लेटले विश्वास र पारदर्शिता दिने टिकटकको इकोसिस्टम पार्टनरशिपकी प्रमुख मेलिसा याङ बताउँछिन् । 

ओपनस्लेटले फेसबुक, युट्युब तथा टिकटकमा रहेका ७५ करोड भन्दा धेरै भिडियोहरुको लगातार मापन तथा स्कोर गर्दै आइरहेको छ ।

ओपनस्लेटले कम्पनीको नयाँ डेटा साइन्स तथा स्वत्नत्र कन्टेन्ट रेटिङहरुलाई प्रयोग गरी सामग्री गुणस्तरीयता, सुरक्षा, उपयुक्तता र विषयवस्तुलाई बुझेर ती विज्ञापनलाई कता रन गराउने भन्ने कुराको निर्धारण गर्दछ । कम्पनीको कन्टेन्ट रेटिङ विश्वभरका ५० वटा अन्तराष्ट्रिय बजारहरुमा प्रयोग हुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३