close

डिपफेक प्रयोग गरी एक लाख महिलाको नग्न तस्वीर सार्वजनिक

टेकपाना टेकपाना

कात्तिक ५, २०७७ १३:३५

डिपफेक प्रयोग गरी एक लाख महिलाको नग्न तस्वीर सार्वजनिक

काठमाडौं । एक नयाँ रिपाेर्टका अनुसार फेसबुक लगायतका सामाजिक सञ्जाल र अन्य अनलाइन प्लेटफर्ममा राखिएका एक लाखभन्दा बढी महिलाको तस्वीर डिपफेक प्रविधिको प्रयोग गरी नग्न रुपमा सार्वजनिक गरिएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी काम गर्ने बेलायती कम्पनी सेन्सिटीले जारी गरेको अध्ययन प्रतिवेदनले महिलाहरुले लगाएको कपडा डिजिटल रुपमा हटाएर म्यासेजिङ एप टेलिग्राममा व्यापक रूपमा शेयर भएकाे उल्लेख गरेकाे हाे ।

डिपफेक यस्ताे प्रविधि हाे, जसअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स र डिप लर्निङको प्रयोग गरी सक्कली व्यक्तिको फोटोलाई नयाँ रुपमा बदलिन्छ ।

विभिन्न च्यालेन्जका रुपमा प्रयोग भएका र अनलाइनमा सार्वजनिक रुपमा उपलब्ध फोटोलाई डिपफेक प्रविधि प्रयाेग गरी नग्न बनाउने काम भूमिगत समूहहरूले गरिरहेकाे बताइएकाे छ ।

प्रतिवेदनले केही नाबालिगहरूकाे तस्वीर समेत सार्वजनिक भएकाे उल्लेख गरेकाे छ । सेन्सिटीका प्रमुख कार्यकारी जर्जियाे प्याट्रिनीले फाेटाेलाइ नयाँ तरिकाले बनाउँदै टेलिग्राममा व्यापक रूपमा शेयर भइरहेकाे भन्दै साेसल मिडियामा पब्लिक फाेटाे सेयर गर्ने जाेकाेही यस्ताे निशानामा पर्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिवेदनका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सबाट सञ्चालित बोट एक टेलिग्राम प्राइभेट मेसेजिङ च्यानलभित्र रहन्छ। प्रयोगकर्ताहरूले बोटमा महिलाको फोटो पठाउन सक्दछन्, र यसले बिना कुनै मूल्य डिजिटल रूपमा केही मिनेटमै उनको लुगा हटाउनेछ ।

बीबीसीका अनुसार यी धेरै फोटोहरुको परीक्षण गर्दा कुनै पनि फाेटाे रूपमा यथार्थपरक वा सक्कली भेटिएन । यस्तै प्रकारको एप गत वर्ष बन्द गरिएपनि क्र्याक भर्सनकाे सफ्टवेयर अझै चलिरहेकाे बताइएकाे छ ।

लुकिछिपी यस्ताे काममा संलग्न व्यक्तिहरूले अनलाइनमा सार्वजनिक रूपमा तस्वीर शेयर गर्ने जाेकाेहीलाई निशाना बनाउने गरेका छन् ।

सेन्सिटीले रिपाेर्ट गरेकाे छ कि जुलाई २०१९ यता १ लाख चार हजार ८५२ जना महिलाकाे डिपफेक प्रविधिबाट नग्न बनाएर सार्वजनिक भएकाे छ ।

टेलिग्रामले भने यसबारे केही प्रतिक्रिया दिएकाे छैन । टेलिग्राममा यसअघि पनि यस्ता घटना हुने गरेकाे बताइएकाे छ । यस वर्षको सुरुवातमा टेलिग्रामलाई आधिकारिक रूपमा रूसमा प्रतिबन्ध लगाइएको थियो।

के हाे डिपफेक प्रविधि ?

बिबिसीकाे सहयाेगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३