close

ह्वाट्सएपले ल्यायो ‘अल्वेज म्युट’ फिचर, यसरी गर्नुहोस प्रयोग

टेकपाना टेकपाना

कात्तिक ९, २०७७ ८:११

ह्वाट्सएपले ल्यायो ‘अल्वेज म्युट’ फिचर, यसरी गर्नुहोस प्रयोग

काठमाडौं । ह्वाट्सएपले लामो समयदेखि प्रतिक्षामा रहेका फिचर सुरु गरेकाे छ । फेसबुकको लगानी रहेका म्यासेजिङ एप ह्वाट्सएपमा ‘अल्वेज म्युट’ अप्सन थप भएको छ । योसँगै तपाईंले चाहेको खण्डमा अब कसैको ह्वाट्सएप च्याटलाई सधैंका लागि म्युट गर्न सक्नुहुनेछ ।

यसअघि च्याट म्युट गर्न आठ घण्टा, एक हप्ता र एक वर्षको विकल्प दिइएको थियो । अब भने तपाईं एक वर्षको विकल्पको ठाउँमा सधैंका लागि म्युट गर्न पाउनुहुनेछ ।

यो फिचर एन्ड्रोइड तथा आईफोन दुवै प्रयोगकर्ताका लागि उपलब्ध भएको छ भने चाँडै वेब भर्सनमा पनि यो उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यदि तपाईं उक्त फिचर प्रयोग गर्न चाहनुहुन्छ भने सुरुमा तपाईंको फोनमा ह्वाट्सएपको पछिल्लो भर्सन हुन भने आवश्यक छ । त्यसका लागि तपाइईंले एप्पलका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्ले स्टोरमार्फत अपडेट गर्न सक्नुहुेनछ ।

सधैंका लागि म्युट गर्ने कसरी ?

यसका लागि सबैभन्दा पहिला आफ्नो ह्वाट्सएप खोल्नुहोस् र आफूले सधैंका लागि म्युट गर्न चाहेको च्याटमा केहीबेर दबाएर राख्नुहोस् ।

यसो गर्दा माथि केही आईकन देखिनेछन् । त्यसमा साउन्डको म्युट आइकनमा थिच्नुहोस् । अब त्यहाँ तपाईंले तीनवटा विकल्प देख्नुहुनेछ ।

जसमा ८ घण्टा, १ हप्ता र अलवेज भन्ने विकल्प छन् । त्यसमध्य अलवेज अप्सन छान्नुहोस् । यसो गर्दा उक्त च्याट सधैंका लागि म्युट हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०