close

सामसङले सार्वजनिक गर्‍यो नेटवर्क बिना नै हराएको फोन खोज्न सकिने एप

टेकपाना टेकपाना

कात्तिक १६, २०७७ २१:१८

सामसङले सार्वजनिक गर्‍यो नेटवर्क बिना नै हराएको फोन खोज्न सकिने एप

काठमाडौं । अब हराएका सामसङ ग्यालेक्सी स्मार्टफोन, स्मार्ट वाच, ट्याब्लेट र इयरबड्स खोज्न सहज हुने भएको छ । कम्पनीले हराएका ग्याजेट भेट्न सहज बनाउने गरी स्मार्टथिङ्स फाइन्ड नामक एप सार्वजनिक गरेको हो ।

यो एपको खास विशेषता के छ भने यसले बिना इन्टरनेट र मोबाइल नेटवर्क हराएका सामसङ ग्यालेक्सी डिभाइस खोज्न सहयोग गर्दछ । कम्पनीले यो एपसँग जोडिएका विवरण शेयर गरेको छ ।

जसअनुसार स्मार्टथिंङ्स फाइन्ड एपले ब्लुटुथ लो इनर्जी (बीएलई) तथा अल्ट्रा वाइड ब्याण्ड प्रविधिको प्रयोग गरेर हराएका ग्यालेक्सी डिभाइस खोज्ने गर्दछ । डिभाइसलाई लोकेट गरेपछि यो एपले प्रयोगकर्तालाई म्याप र साउन्डको सहायताबाट लोकेट गरिएको डिभाइससम्म पुर्‍याउने गर्दछ ।

सामसङको यो एप एन्ड्रोइड एट तथा त्यसपछिका अपरेटिङ सिस्टममा रन भएका स्मार्टफोन तथा ट्याब्लेटमा काम गर्दछ । यो एप टिजेन ५.५ वा त्यस पछिका ग्यालेक्सी वाचका लागि समेत कम्प्याटिबल रहेको छ ।

ग्यालेक्सी बड्स प्लस तथा ग्यालेक्सी बड्स लाइभलाई यो फिचरका लागि ओएस अपडेट प्राप्त हुन थालिसकेको छ । सामसङका अनुसार डिभाइस ३० मिनेटसम्म अफलाइन भइसकेपछि त्यसबाट बीएलई सिग्नल निस्कन थाल्दछ ।

जसलाई अर्को डिभाइसले रिसिभ गर्न सक्छ । त्यसपछि स्मार्ट थिंङ्स एपले ती सिग्नल प्रयोग गर्दै हराएको डिभाइस खोज्न थाल्दछ ।

यो सर्भिस प्रयोग गर्ने जो कसैले नजिकै रहेको ग्यालेक्सी डिभाइसको सामसङ सर्भरलाई लोकेसनको जानकारी दिने गर्दछ । त्यसपछि सामसङले त्यसलाई प्रयोगकर्तासम्म पुर्‍याउँछ ।

डिभाइस नजिक पुगेपछि तपाईंले चाहेको खण्डमा त्यसमा रिङ बजाउन समेत सक्नुहुन्छ । साथै त्यसलाई एआरमा आधारित सर्चको माध्यमबाट समेत खोज्न सक्नुहुन्छ ।

यसमा प्रयोगकर्ताको डेटा इन्क्रिप्सन गरिने भएका कारण प्रयोग गर्न पूर्णत सुरक्षित समेत रहेको कम्पनीको दाबी छ ।

सामसङको स्मार्टथिङ्स एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०