close

तपाईंको फोनमा गुगल प्ले स्टोरबाटै आउँछन् धेरैजसो भाइरस

टेकपाना टेकपाना

मंसिर १, २०७७ १०:१५

तपाईंको फोनमा गुगल प्ले स्टोरबाटै आउँछन् धेरैजसो भाइरस

काठमाडौं । साइबर सेक्युरिटी एजेन्सीहरुले अक्सर हामीलाई थर्डपार्टी एप स्टोरबाट नभएर गुगल प्ले स्टोरबाटै एप डाउनलोड गर्न सुझाइरहेका हुन्छन् । तर तपाईंलाई यो खबरले निराश बनाउनेछ, किन कि तपाईंको एन्ड्रोइड स्मार्टफोनमा सबैभन्दा धेरै मालवेयर त्यही गुगल प्ले स्टोरबाटै पुगिरहेका हुन्छन् ।

नोर्टनलाइफलक तथा आईएमडीईए सफ्टवेयर इन्स्टिच्युटले गरेको सर्भेबाट यसको खुलासा गरिएको हो । दुवै संस्थाको संयुक्त रिपोर्टमा भनिएको छ कि तपाईंको फोनमा भाइरस पुग्ने सबैभन्दा ठूलो स्रोत गुगल प्ले स्टोर नै हो ।

रिपोर्टअनुसार गुगल प्ले स्टोरबाट डाउनलोड हुने ६७.२ प्रतिशत एपमा इन्स्टप हुने गर्दछन् । जसमा कुनै न कुनै प्रकारको मालवेयर रहेको हुन्छ ।

यसको अर्थ गुगल प्ले स्टोरबाट डाउनलोड हुने ६७.२ प्रतिशत एप मालवेयर बाहक छन् । यो रिपोर्ट तयार पार्नका लागि ७९ लाख एप तथा एक करोड २० लाख एन्ड्रोइड डिभाइसमाथि लगातार चार महिना लामो अध्ययन गरिएको थियो ।

२०१९ को जुनदेखि सेप्टेम्बरको बीचमा गरिएको यो अध्ययनबाट तयार पारिएको रिपोर्टमा भनिएको छ कि थर्ड पार्टी स्रोतको माध्यमबाट केवल १०.४ प्रतिशत एन्ड्रोइड डिभाइसमा मालवेयर पुगेको छ । यो अध्ययनमा गुगल प्ले स्टोर, अल्टरनेटिभ मार्केट, वेब ब्राउजर, पे पर इन्स्टल प्रोग्राम, म्यासेज तथा अन्य स्रोतबाट डाउनलोड गरिएका एन्ड्रोइड एपलाई सामेल गरिएको थियो ।

अध्ययनबाट ८७.२ प्रतिशत एन्ड्रोइड एप गुगल प्ले स्टोरबाट डाउनलोड हुने गरेकोमा त्यसमध्ये ६७.५ प्रतिशतमा मालवेर रहेको देखिएको हो । यो सर्भेबाट यो कुरा पनि प्रस्ट भएको छ कि गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने नीति कडा किसिमको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०