close

साओमीको ‘एमआई इलेभेन प्रो’ मा क्यूएचडी प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट हुने

टेकपाना टेकपाना

मंसिर २, २०७७ १८:३१

साओमीको ‘एमआई इलेभेन प्रो’ मा क्यूएचडी प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट हुने

काठमाडौं । साओमीले स्न्यापड्रागन ८७५ प्रोसेसर भएको एमआई इलेभेन र एमआई इलेभेन प्रो नयाँ वर्ष २०२१ को सुरूवातमा ल्याउँदै छ । स्मार्टफोन बजारमा सो प्रोसेसरको पहिलो प्रयोग नै साओमीका यी दुई फोनले प्रयाेग गर्ने चर्चा चलिरहेको छ ।

डिजिटल च्याट स्टेशनका अनुसार एमआई इलेभेनको प्रो संस्करणमा पन्च होल र १२० हर्ज रिफ्रेस रेट सहित क्यूएचडी कर्भ्ड डिस्प्ले (१४४०पी) रहनेछ । साथमा कम्पनीले फाेनमा अन्य नयाँ डिस्प्ले फिचर पनि ल्याउने अनुमान गरिएकाे छ ।

यसकारण साओमीकाे एमआई इलेभेनमा यसअघिकाे एमआई टेनकाे तुलनामा धेरै अपग्रेड सहितकाे डिस्प्ले पाउन सकिनेछ । लिक भएको फाेटाे अनुसार यसमा सेल्फी शुटर फोनको माथिल्लो बायाँ कुनामा रहेकाे छ ।

साओमीकाे एमआई इलेभेन प्राेमा १२० वाटकाे फास्ट चार्जिङ हुने अनुमान गरिएकाे छ । साथै यसमा ८० वाटकाे वायरलेस चार्जर समेत हुनेछ ।

साओमीले एमआई इलेभेन र एमआई इलेभेन प्रोमा प्रयाेग गरेकाे स्न्यापड्रागन ८७५ चिपसेट भने आगामी डिसेम्बरमा मात्र सार्वजनिक हुँदै छ । यसर्थ नयाँ चिपसेटसहितकाे फाेनमा अरू नयाँ फिचर के के हुन छन् भन्ने काैतुहलता धेरैमा बढेकाे छ ।

५ एनएम प्राेसेसमा निर्माण भएकाे ८७५ चिपसेटमा एआरएमको नयाँ अल्ट्रा पावरफुल एक्स वान सीपीयू कोर प्रयोग भएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०