close

अनलाइन गेम खेल्ने मानिसहरु नखेल्नेको तुलनामा अधिक खुशी रहने अध्ययनको निष्कर्ष

टेकपाना टेकपाना

मंसिर २, २०७७ १९:१७

अनलाइन गेम खेल्ने मानिसहरु नखेल्नेको तुलनामा अधिक खुशी रहने अध्ययनको निष्कर्ष

काठमाडौं । लामो समयसम्म भिडियो गेम खेल्नेहरु गेम नखेल्नेको तुलनामा अधिक धेरै खुशी रहेको अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युट रिसर्चको एउटा अध्ययनमा पाइएको छ । मानिसकाे मानसिक स्वास्थ्यका लागि समेत भिडियाे गेम राम्राे उपाय रहने निश्कर्ष समेत साे अनुसन्धानले निकालेकाे छ ।

याे अध्ययनका लागि संस्थाले दुई गेम निनटेन्डोको एनिमल क्रसिङ र ईएको प्लान्ट भर्सेस जोम्बिजलाई लिएको थियो । अध्ययनमा गेमका डेभलपरहरुले प्रत्येक गेमरले कति समय गेम खेल्छन् भन्ने कुराको डेटा पनि प्रदान गरेका थिए ।

उक्त डेटालाई सर्वेक्षणमा समावेश गरेर खेलाडीहरुलाई उनीहरुको हाल खबरको बारेमा प्रश्न गरिएको थियो । सर्वेक्षणमा सहभागी सबै ३ हजार २७४ खेलाडीहरु १८ वर्षभन्दा माथिका थिए । निनटेन्डोका डेभलपरले एनिमल क्रसिङ: न्यु होराइजनको खेल समयको सबै डेटा सर्वेक्षणमा प्रदान गरेको थियो ।

तर ईएले भने प्लान्ट भर्सेस जोम्बिज: ब्याटल फर नाइबरभिलभित्रका इन-गेम पर्फमेन्सका केही तथ्यांक मात्र उपलब्ध गराएकाे थियाे । जसमा खेलाडीहरुको उपलब्धि र आफूलाई अभिव्यक्ति गर्न प्रयोग गरेको इमोटिकन्सहरु समावेश थिए ।। 

गेमरहरुलाई उनीहरुको अनुभवको बारेमा समेत सोधिएको थियो । उक्त सर्वेक्षणको नेतृत्व गरिरहेका प्राध्यापक एन्ड्रु प्रिज्बाइलिस्कीले आफू परिणामबाट आश्चर्यचकित भएको बताए । 

सर्वेक्षणमा एनिमल क्रसिङ गेम खल्ने गेमरहरू दिनको चार घण्टा यही गेममा बिताउँथे र उनीहरु गेम नखेल्नेहरुको तुलनामा निकै प्रफूल्लित देखिन्थे । तर यसको अर्थ एनिमल क्रसिङले मात्र गेमरलाई खुशी बनाउन सक्षम छ भन्ने नबुझ्न प्राध्यापक एन्ड्रु बताउँछन् । 

एन्ड्रुले आफ्नो ४० वर्षका अघिल्ला रिसर्च अनुभवमा मानिसहरु जति लामो समय गेममा तल्लीन रह्यो त्यति नै दु:खी भएको पाउने गरेको बताउँछन् ।

एन्ड्रु आफ्नो प्राज्ञिक अनुभवको आधारमा अन्य गेमको तुलनामा यी दुई गेम फरक रहनुको पछाडि यिनीहरुमा सामाजिक गुण रहेको बताउँछन् । यी गेममा गेमरहरु अन्य गेमरले नियन्त्रण गर्ने पात्रहरुसँग अन्तरक्रिया गरिरहेका हुन्छन् । 

उनी यी गेमहरु एक किसिमको डिजिटल कुलर जस्तै भएको बताउँछन् । गेमको नामले नै अरुहरुसँग अनलाइन मिङ्गल हुन नयाँ बाटो प्रदान गरेको बताउँछन् । 

तर आफ्नो जीवनको बाँकी तनाव भुलाउन गेममा बाध्यात्मक परिस्थितिमा छिरेकाहरुले भने कम सन्तुष्टि पाएको  उनले उल्लेख गरे । 

स्राेत : बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०