close

फोल्डेबल आईफोन ल्याउने तयारीमा एप्पल

टेकपाना टेकपाना

मंसिर ५, २०७७ १८:३१

फोल्डेबल आईफोन ल्याउने तयारीमा एप्पल

काठमाडौं । प्रिमियम स्मार्टफोन निर्माता कम्पनी एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोनमा काम गरिरहेको छ ।

कम्पनीले यसलाई आगामी २०२२ को सेप्टेम्बर सम्म सार्वजनिक गर्न सक्ने बताइएको छ । रिपोर्टअनुसार एप्पलको ताइवान मेटेरियल सप्लायर्स होन हाई तथा निप्पोनसँग यस विषयमा संवाद जारी छ ।

कम्पनी अहिले आफ्नो पहिलो फोल्डेबल स्मार्टको टेस्टिङमा जुटेको छ । जसमा ओएलईडी वा माइक्रो एलईडी स्क्रिन प्रविधि उपयोग हुनसक्ने बताइन्छ ।

साथै एप्पलको अपकमिङ फोल्डेबल स्मार्टफोनको डिस्प्ले प्यानलका लागि सामसङबाट सोर्स गरिनेछ । हाल कम्पनी आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनका लागि स्क्रिन टेस्टिङ गरिरहेको छ ।

ताइवानको मिडिया रिपोर्टबाट एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनमा काम थालिसकेको खुलासा भएको हो । जसमा गरिएको दाबीलाई आधार मान्ने हो भने सामसङले फोल्डेबल आईफोनको डिस्प्ले सप्लाई गर्नेछ ।

जसमा निक्को कम्पनी मुख्य सप्लायर्सको रुपमा रहनेछ । साथै होङ हाई कम्पनीले फोल्डेबल ह्याण्डसेट असेम्बल गर्नेछ । हुन त एप्पलको फोल्डेबल स्मार्टफोनको विषयमा खबर आएको यो नै पहिलो पटक भने होइन ।

गत फेब्रुअरीमा समेत एप्पलको फोल्डेबल आईफोनको विषयमा समाचारहरु आएका थिए । त्यतिखेर कम्पनीले नयाँ फोल्डेबल आईफोनका लागि पेटेन्ट दर्ता गराएको थियो ।

जसमा एप्पलको हिन्जको बीचमा निकै स्पेस देखिएको थियो । फोल्डेबल स्मार्टफोन सेग्मेन्ट निकै नौलो हो ।

यद्यपी सामसङ कम्पनी यो मामिलामा सबैभन्दा अगाडि देखिएको छ । सामसङले अहिलेसम्म करिब आधा दर्जन फोल्डेबल स्मार्टफोन सार्वजनिक गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०